हाइलाइट

पाँच तारा साकोसको एकदिने गोष्ठी सम्पन्न

पाँच तारा साकोसको एकदिने गोष्ठी सम्पन्न :: Sahakari Akhabar


काठमाडौं । पेप्सीकोलामा रहेको पाँच तारा बचत तथा ऋण सहकारी संस्थाको एकदिने गोष्ठी सम्पन्न भएको छ । संस्थाले यही असार २८ गते एक दिने गोष्ठी सम्पन्न गरेको हो । गोष्ठीमा संस्थाको चालु आवको प्रगति समीक्षा, आगामी आव २०८२ / ०८३ को प्रस्तावित बजेट तथा कार्यक्रमहरुको बारेमा छलफल तथा सुझाव संकलन गरेको छ ।

साथै गोष्ठीमा संस्थाको आगामी नीति तथा कार्यक्रमहरुको समीक्षाका साथै सहकारीका समसामयिक विषयहरुमा समेत छलफल भएको थियो । गोष्ठीमा संस्थाका संचालक समिति, लेखा सुपरीवेक्षण समिति, सल्लाहकार, शिक्षा उपसमिति, महिला उपसमिति, युवा उपसमिति, जेष्ठ सदस्य उपसमिति, ऋण उपसमिति लगायतको सहभागिता रहेको थियो । संस्थाका अध्यक्ष भोलानाथ पाठकको अध्यक्षतामा भएको गोष्ठीमा संस्थाका कर्मचारी लगायतको सहभागिता रहेको थियो । 
 



Leave a comment