हाइलाइट

श्री बाराही साकोसकोे एकहप्ते सार्वजनिक सम्बोधन कला तालिम सम्पन्न

श्री बाराही साकोसकोे एकहप्ते सार्वजनिक सम्बोधन कला तालिम सम्पन्न :: Sahakari Akhabar

काठमाडौं । भक्तपुरको श्री बाराही बचत तथा ऋण सहकारी संस्थाले एक हप्ते सार्वजनिक सम्बोधन कला तालिम सम्पन्न गरेको छ । संस्थाको सदस्य तथा बचत उपसमितिको आयोजनामा सदस्य, समिति, उपसमिति एवं कर्मचारीहरुले आफ्नो मनमा लागेका कुराहरुको सहि तरिकाले प्रस्फुटन गराउन सहयोग पुगोस् भन्ने उद्देश्यले तालिम आयोजना गरिएको हो । असार १ गते सुरु गरिएको तालिम  असार ८ गते समापन गरिएको थियो ।

संस्थाको उपसमितिका संयोजक शर्मिला मानन्धरको अध्यक्षता, अध्यक्ष राधेश्याम सुवालको प्रमुख आतिथ्यता तथा व्यवस्थापक शिवजी हाकुदुवाल र प्रशिक्षक रविन्द्रप्रसाद कुसीको आतिथ्यतामा तालिम सम्पन्न भएको जनाइएको छ ।

कार्यक्रममा अध्यक्ष सुवालले अहिलेको परिस्थितिमा सहकारी क्षेत्रमा आएको समस्याहरु निराकरण गर्न राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरिएको नियमकिय मापदण्डले सहकारी अभियानलाई कमजोर र संकुचनमा ल्याउने  बताए । उनले  राम्ररी संचालन भइरहेका सहकारी संघ संस्थाहरुलाई पनि  मापदण्डले समस्याग्रत बनाउने सम्भावना रहेको बताए ।

संस्थाले बचत तथा ऋणको कार्य मात्र  नगरी सामाजिक, साँस्कृतिक, तालिम, शिक्षा, स्वास्थ्य, व्यवसाय आदिको उत्थानको लागि कार्य गर्दै आएको उनको भनाई छ । संस्थाका व्यवस्थापक शिवजी हाकुदुवालले समापन तालिमलाई अझ सार्थकता दिनको लागि ७ “अ” को सिद्धान्तबाट पनि वाक कलालाई  राम्रो गर्न सकिने बताए ।

संस्थाबाट आयोजित कार्यक्रमको उद्देश्य वित्तिय फाइदाको लागि नभएर सदस्यको व्यक्तित्व विकास गराई अप्रत्यक्ष रुपमा सदस्यहरुलाई आर्थिक उपार्जन गराउने रहेको उनको भनाई छ । सिकेका ज्ञान सिप, कला अरुलाई हस्तान्तरण गरी नयाँ व्यवहार र सँस्कृति विकास गर्नुपर्ने बताए ।

तालिमका प्रशिक्षक रविन्द्र प्रसाद कुसीले  शिक्षकसँग भएको ज्ञान सिपलाई सामथ्र्यले भ्याएसम्म विद्यार्थीलाई दिन प्रयास गर्ने उल्लेख गरे । तालिममा सहभागि प्रशिक्षार्थीहरुले प्रारम्भको दिन र समापनको दिनसम्म आइपुग्दा धेरै प्रगति भएको बताए ।

समापन कार्यक्रममा सदस्य तथा बचत उपसमितिका सदस्य एवं प्रशिक्षार्थी जमुना त्वानाबासुले स्वागत मन्तव्य तथा सहभागि प्रशिक्षार्थीहरु रामलक्ष्मी प्रजापति, रवि ध्वजु, जेनि दुवाल, बिष्णु केशरी ताम्रकारले तालिममा सिकेका कुराको बारेमा आ आफ्नो अनुभव साटेका थिए ।



Leave a comment