काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाकाले आगामी आर्थिक वर्षका लागि ५ अर्ब १९ करोड ७१ लाख ६६ हजारको बजेट सार्वजनिक गरेको छ । यो गत वर्षको भन्दा झण्डै १ अर्बले कम हो। महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले असार ८ गते महानगरपालिकाको १७औँ नगरसभामा बजेट प्रस्तुत गरेका थिए ।
महानगरपालिकाले आर्थिक वर्ष २०८१र८२ का लागि ६ अर्व ५५ करोड ८५ लाख ९८ हजारको ल्याएको थियो । महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेटमा सहकारी विषय कम प्राथमिकतामा परेको छ।
मानगरपालिकाले बजेटमा पर्यटन तथा उद्योग वाणिज्य तथा सहकारीतर्फ पर्यटन प्रवद्र्धन कार्यक्रम निरन्तरता, एतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिक सम्पदाको संरक्षण, महानगरपालिका भित्र सञ्चालित महिला उद्यमीहरुलाइ प्रोत्साहन गर्न तालिम, सीप विकास तथा प्रविधि हस्तान्त्रण लगायतका पर्यटन तथा उद्योग बाणिज्य एवं सहकारी सम्बन्धि नीति तथा कार्यक्रम कार्यान्वयन गर्नको लागि १ करोड बजेट व्यवस्थापन गरिएको छ।
त्यसैगरी बजेटको प्राथमिकतामा दीगो शहरी पूर्वाधार, नियमित सडक मर्मत सम्भार र अधुरा योजनाहरुको निरन्तरता छ । त्यसैगरी कृषि तथा पशुविकास कार्यक्रम सञ्चालन गरिने, शिक्षा विकास, युवा तथा खेलकुद तथा स्वास्थ्य सेवा,वातावरण, सरसफाइ, हरियाली एवं विपद् व्यवस्थापन, सूचना प्रविधि तथा डिजिटल प्रणालीको उपयोग छ भने रोजगार प्रर्वद्धन र उद्यमशीलता तथा नीजि क्षेत्रसँग सहकार्य तथा साझेदारी पर्यटन तथा उद्योग र वाणिज्य तथा सहकारी भनिए पनि सहकारीका कार्यक्रमहरु कही कतै राखिएको छैन् ।
प्राथमिकतामा लैङ्गिक समानता, महिला सशक्तीकरण र सामाजिक समावेशीकरण, राजस्व प्रशासन तथा कर्मचारी प्रशासन सञ्चालन एवं व्यवस्थापन राखिएको छ । यसलाई प्राप्त गर्न नेपाल सरकार, बागमती प्रदेश सरकार, छिमेकी स्थानीय तह, निजी तथा सहकारीक्षेत्र, गैरसरकारी क्षेत्र, स्थानीय टोलविकास संस्थासँग समन्वय एवं साझेदारी गरिनेछ बजेटमा उल्लेख छ ।
Leave a comment