हाइलाइट

सहकारीमा नियन्त्रण र निषेधको व्यवस्थाले समस्या समाधान हुँदैन

सहकारीमा नियन्त्रण र निषेधको व्यवस्थाले समस्या समाधान हुँदैन :: Sahakari Akhabar

काठमाडौं । भक्तपुर जिल्ला बचत संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुले सहकारीमा नियन्त्रण र निषेधको व्यवस्थाले समस्या समाधान नहुने बताएका छन् । उनले सहकारीलाई कमजोर र संकुचित बनाउने गरी जारी मापदण्डका व्यवस्थाहरुको तत्काल संशोधन हुनुपर्ने बताए ।

संघले जेठ ३१ गते, राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको मापदण्डका विषयमा छलफल कार्यक्रममा बोल्दै जारी मापदण्डको परिमार्जनका लागि अभियानले पहिलो चरणमा सम्बन्धित निकायमा लविङ्घ गरिरहेको समेत जानकारी दिए ।

कार्यक्रम संघको भक्तपर नगर समन्वय उपसमितिले आयोजना गरेको थियो । उनले मापदण्ड संशोधन नभएमा मापदण्डको भद्र अवज्ञा गरी आन्दोलन सहित कानुनी उपचारमा जाने योजना रहेकोले सबैको साथ सहयोग र समर्थनका लागि आह्वान गरे ।

कार्यक्रम संघका सचिव जगनाथ प्रजापतिको सभापतित्वमा सम्पन्न भएको थियो । संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुले राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी नियामकीय मापदण्ड, २०८२ विषयको प्रस्तुती गरेका थिए ।

उनले सहकारी ऐन नियमसंग बाँझिने गरी बनाएका निर्देशन तथा मापदण्ड स्वत निश्क्रिीय हुने उनले बताए । सहकारी सुशासनका कतिपय व्यवस्था सकारात्मक हुदाँ हुदै सहकारीलाई वित्तीय कारोबार गर्ने बैंकको रुपमा मात्र मापदण्ड जारी गर्नु अब्यवहारीक भएको बताए ।

सहकारी ऐन कानुनको परिपालना बाहेकको अन्य विकल्प नभएकोले संस्थाहरुले कानुन सम्मत कार्यपद्धती तथा कार्यशैली अपनाउदै जानुपर्ने उनको भनाइ थियो । कार्यक्रममा भक्तपर नगरका सदस्य संस्थाहरुबाट ६८ जनाको सहभागीता रहेको थियो ।



Leave a comment