काठमाडौं । भक्तपुरमा रहेको शुभकामना बचत तथा ऋण सहकारी संस्थाले ‘रजत बर्ष २०८२’का साताब्यापी कार्यक्रम सम्पन्न गरेको छ । रजत वर्षको अवसरमा आयोजित निवन्ध प्रतियोगिता र व्याडमिन्टन प्रतियोगिताका विजयीहरुलाई पुरस्कार तथा प्रमाण पत्र वितरण गरिएको थियो ।
साथै बाँसुरी बाजाका प्रशिक्षार्थीहरुलाई समेत प्रमाणपत्र वितरण गरिएको थियो । रजत वर्षको अवसरमा संस्थाद्वारा प्रकाशित स्मारिकाको विमोचन गर्नुका साथै असल ऋणीहरुलाई संस्थाले सम्मान गरेको छ । संस्थाले रजत बर्षको अवसरमा आयोजित निवन्ध प्रतियोगिता र व्याडमिन्टन प्रतियोगिताका विजयीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण साथै बाँसुरी बाजाका प्रशिक्षार्थीहरुलाई समेत प्रमाणपत्र वितरण गरिएको थियो।
त्यसैगरी संस्थाले बाल मनोविज्ञान सम्बन्धी अभिमूखिकरण कार्यक्रम,रक्तदान तथा सुगर जाँच, मठ मन्दिरको सरसफाई, जिल्लाव्यापी व्याडमिन्ट प्रतियोगिता र सहकारी ¥यालीको आयोजना गरेको थियो । संस्थाका अध्यक्ष रामप्रसाद कासुलाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि संघीय सांसद दुर्लभ थापा रहेका थिए ।
सांसद थापाले सहकारीले सदस्यहरुको आर्थिक सामाजिक रुपान्तरणमा खेलेको भूमिका उल्लेखनीय रहेको बताए । सहकारीकै कारण सदस्यहरुले आफ्ना छोराछोरी अध्ययनका लागि राम्रो देश पठाउन सकेको भन्दै सांसद थापाले सदस्यहरुलाई उद्यमशील बनाउन पनि सहकारीले सहज रुपमा ऋण प्रवाह गरेको बताए ।
सहकारीकै कारण मुलुकमा आर्थिक गतिविधि बढेको र सरकारले यो क्षेत्रलाई सहज रुपमा सञ्चालन गर्ने वातावरण बनाउनु पर्ने बताए । बैंक तथा वित्तीय संस्थाको पहुँचबाट टाढा रहेका जनतालाई सहकारीले समेटी वित्तीय सेवा प्रदान गर्नुका साथै बचत ऋणको माध्यमबाट आर्थिक रुपमा सबल बनाउने काम गरेको उनको भनाइ थियो ।
नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले समुदायमा आधारित सहकारीले सदस्यहरुको आर्थिक तथा सामाजिक रुपान्तरणमा उल्लेख भूमिका खेलेको बताए । उनले सरकारले सहकारीको परिभाषा नबुझेको भन्दै प्राधिकरणले हालै जारी गरेको मापदण्डले बचत ऋण अभियानलाई अप्ठ्यारो पारेको जनाए ।
अध्यक्ष ढकालले सहकारीभित्र समुदाय रहेको भन्दै सामाजिक संस्थाको परिस्कृत रुप सहकारी भएको उल्लेख गरे । राम्रोसँग सञ्चालन भईरहेका सहकारीलाई पनि प्राधिकरणको मापदण्डले अन्यौलता थपिएको भन्दै सहकारीलाई अप्ठ्यारा पार्ने बुँदाहरु संशोधन गर्न अध्यक्ष ढकालले माग गरे ।
कार्यक्रममा राष्टिय सहकारी वैंकका सञ्चालक ध्रुबराज विष्ट, बागमती प्रोस्कूनका महासचिव गोविन्द काफ्ले, जिल्ला सहकारी सघ भक्तपुरका अध्यक्ष ध्रुबबहादुर रायमाझी, भक्तपुर जिल्ला बचत संघका अध्यक्ष कृष्णगोविन्द लाखाजु लगायतले मन्तव्य राख्दै सहकारी अभियानले मुलुकमा पुर्याएको योगदानको विषयमा चर्चा गरेका थिए ।
संस्थाका अध्यक्ष कासुलाले ७५ जना सदस्य र ७ लाख ५० हजार शेयर पुँजीबाट सुरु भएको संस्था यस अवधिसम्म आईपुग्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नै पहिचान बनाउन सफल भएको बताए । उनले वि.स.२०५७ साल जेठ २४ गते बिधिवत रुपमा स्थापना भई वित्तीय कारोबार सुरु गरेको संस्थामा हालसम्म १० हजार सदस्य र १ अर्ब ७८ करोड माथि कुल कारोबार पुगेको जानकारी दिए ।
संस्थाले सदस्यहरुलाई वित्तीय लगायत अन्य सेवा प्रदान गर्दै आएको र सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा संस्थाले विभिन्न संघ संस्थासँग सहकार्य गरेर सामाजिक कार्य समेत गर्दै आइरहेको उनले जनाए।‘ आजको आवश्यकता सुरक्षित लगानी, सुरक्षित लगानीको लागि शुभकामना’ भन्ने नारा सहित सदस्यहरुको बचतको सुरक्षाको प्रत्याभूति गराउँदै सदस्य केन्द्रीत विभिन्न कार्यक्रम समेत संचालन गर्दै आइरेहेको उनले जानकारी दिए । समुदायमा आधारित भएर संचालन भएका कारण सदस्यको विश्वास जित्न सफल भएको र संस्थाको समग्र वित्तीय सुंचाङ्कहरु वृद्धि हुँदै गएको सो अवसरमा उनले बताए । संस्थाकी उपाध्यक्ष एवं रजत वर्ष व्यवस्थापन उपसमितिका संयोजक निर्मला सुवालले स्वागत मन्तव्य राखेकी थिइन् ।
Leave a comment