हाइलाइट

विभिन्न सामाजिक कार्यका साथ रजत वर्ष मनाउँदै शुभकामना साकोस

विभिन्न सामाजिक कार्यका साथ रजत वर्ष मनाउँदै शुभकामना साकोस :: Sahakari Akhabar

भक्तपुर । शुभकामना बचत तथा ऋण सहकारी संस्थाले रजत बर्षको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिरहेको छ । संस्थाले यस अवसरमा मुख्य कार्यालय सूर्यविनायकमा बाल मनोविज्ञान सम्बन्धी अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा संस्थामा आवद्ध ५० जना बालबचतकर्ताको सहभागिता रहेको थियो । बाल सदस्यहरुलाई सो अवसरमा विभिन्न विषयमा परामर्श प्रदान गरिएको थियो ।

त्यसैगरी संस्थाले  रक्तदान तथा सुगर परिक्षण कार्यक्रम समेत आयोजना गरेको छ ।  भक्तपुरको नासमनामा रक्तदान कार्यक्रम र जनरल फिजिसियन सहित सुगर परीक्षण शिविर सम्पन्न गरिएको थियो ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेको व्यवस्थापक रेश्मी श्रेष्ठले जानकारी दिइन् । त्यसैगरी हार्ट एण्ड डाईबेटिक सेन्टर भक्तपुरको सहयोगमा  सुगर परिक्षण गरिएकोमा ९५ जनाले परिक्षण गरेका छन् ।

संस्थाले रजत वर्षको अवसरमा जिल्लाव्यापी अन्तर सहकारी ब्याडमिन्टन प्रतियोगिता समेत आयोजना गरेको छ । प्रतियोगितामा जिल्लामा रहेका सहकारी संस्थाका सञ्चालक र कर्मचारीहरुले भाग लिएका थिए ।

संस्थाले बिहिवार भक्तपुरको ब्यासी स्थित महाकाली मन्दिर परिसर सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले रजत वर्षकै अवसरमा नासमना सेवा केन्द्रबाट बाजागाजासहित भक्तपुर नगरमा सहकारी र्याली समेत गरेको छ । शनिवार औपचारिक कार्यक्रम गरेर रजत वर्ष सप्ताह   गर्ने जनाएको छ ।

संस्थाले प्रकाशित गरेको यस आर्थिक बर्षको बैशाख महिनासम्मको वित्तीय विवरण अनुसार शेयर पुँजी ११ करोड ५६ लाख, जगेडा कोष १५ करोड ८५ लाख, संस्थागत पुँजी १६ करोड ३० लाख र  अन्य कोष  ६३ लाख २० हजार रहेको छ ।

त्यसैगरी संस्थाले १ अर्ब ३८ करोड ३३ लाख ४४ हजार बचत संकलन गरी १ अर्ब ८ करोड २६ लाख ऋण लगानी गरेको छ । संस्थामा ९ हजार ७४८ सदस्य र १ हजार १२५ बाल सदस्य आवद्ध रहेका छन् । संस्थाको कुल सम्पत्ति १ अर्ब ७८ करोड ४३ लाख पुगेको छ ।



Leave a comment