हाइलाइट

सहकारी कानुन कार्यान्वयन सम्वन्धि सहकारी बैंकको बुटवलमा तालिम

सहकारी कानुन कार्यान्वयन सम्वन्धि सहकारी बैंकको बुटवलमा तालिम :: Sahakari Akhabar

काठमाडौं । सहकारी कानुन कार्यान्वयन सम्वन्धि सहकारी बैंकले बुटवलमा तालिम दिएको छ । तालिमलाई जिल्ला सहकारी सङ्घ रुपन्देही  र सहकारी बैंकको बुटवल शाखाले संयुक्त आयोजना गरेका हुन् । नियामकीय निर्देशन, संशोधित सहकारी ऐन र मापदण्ड कार्यान्वयन सम्बन्धी तालीम प्रदान गरिएको थियो ।

जिल्ला सहकारी संघका अध्यक्ष भीमप्रसाद तुलाचनको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका सहकारीबाट ११३ जनाको सहभागिता रहेको थियो । तालिमको राष्ट्रिय सहकारी बैंक लुम्बिनी प्रदेश शाखा प्रमुख नारायण बेलबासेले सहजीकरण गरेका थिए । सहकारी अभियानको विद्यमान अवस्थामा जारी ऐन र मापदण्डहरू कार्यन्वयनमा देखिन सक्ने जटिलताहरू र यसका सबल पक्षहरूमा अन्तक्रियात्म छलफल भएको थियो ।

संघका अध्यक्ष तुलाचनले सहकारीका मूल्य मान्यता र सिद्धान्त भित्र रहेर आधारभूत रुपमा संस्था सञ्चालन गर्न राज्य र अभियान लाग्नु पर्ने बताए । संघ संस्थाहरूलाई सही ढंगले परिचालन गर्न र सोही अनुसारले सदस्य संस्थाहरुलाई पनि विषयवस्तु बारे जानकारी गराउँदै शिक्षा तालीमको माध्यमवाट शिक्षित गर्न सकिएमा सहकारी अभियानलाई कुनै पनि सक्रिय नियामक निकायको आवश्यकता नपर्ने बताए ।

वर्तमान ऐन, नियम र मापदण्डहरू कायान्वयनमा देखिएका जटिलताहरूलाई सरकारले अभियानलाई एक्लै छोडेर लागू गर्न नसक्ने हुँदा सहकारी क्षेत्रको समग्र विकासको निम्ति सरकारले पनि अभियान सँग सँगै हातेमालो गर्नुपर्ने बताए ।



Leave a comment