हाइलाइट

भक्तपुर जिल्ला बचत संघको एकदिने गोष्ठी सम्पन्न

भक्तपुर जिल्ला बचत संघको एकदिने गोष्ठी सम्पन्न :: Sahakari Akhabar

काठमाडौं । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघको एकदिने गोष्ठी सम्पन्न भएको छ । संघको महिला सशक्तिकरण उपसमितिको आयोजनामा एक दिने “महिला सशक्तिकरणमा सहकारीको भूमिका“ विषयक गोष्ठी सम्पन्न भएको हो ।

कार्यक्रममा संघका अध्यक्ष कृष्णगोविन्द लाखाजूले राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोवार गर्ने सहकारी संस्थाहरूको लागि जारी गरेको मापदण्डमा तरलता गणना सम्बन्धी व्यवस्था सच्यानुपर्ने बताए ।

सहकारीमा नेतृत्व तहमा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने व्यवस्था रहेको र जोखिम भारित सम्पत्ति जस्ता नयाँ विषयबस्तु रहेको बताए । साथै मापदण्डमा प्राथमिक पुँजीकोष पर्याप्त मात्रामा नभएका सहकारी संस्थाले नाफा भएपनि लाभांश बाड्न नपाइने बताए ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका पूर्व महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले “महिला सशक्तिकरणमा सहकारीको भूमिका“ विषयमा कार्यपत्र प्रस्तुत गरेकी थिइन ।

कार्यक्रममा सभापति एवम् संघका संचालक सदस्य कृष्णश्वरी मचामसीले सहकारीमा महिलाहरूको भूमिका र गोष्ठीको उद्धेश्यबारे जानकारी दिइन ।

महिला सशक्तिकरण उपसमितिका सदस्य निर्जना ढुंगेल दाहालको स्वागत मन्तव्य गरेको कार्यक्रम संघका अधिकृत कृष्णश्वरी ह्यौंमिखाले संचालन गगरेकी थिइन् । कार्यक्रममा ६१ जनाको उपस्थिति रहेको थियो ।



Leave a comment