हाइलाइट

मिरा इआरपी तश्रो वर्षमा ६५ जिल्लाका ५०० सहकारी संघसंस्थामा पुग्यो 

मिरा इआरपी तश्रो वर्षमा ६५ जिल्लाका ५०० सहकारी संघसंस्थामा पुग्यो  :: Sahakari Akhabar

काठमाडौं । सहकारीका लागि सम्पूर्ण डिजिटल सेवा प्रदान गर्न तयार गरिएको मिरा इआरपीले दोश्रो वर्ष पुरा गरेको छ । तेश्रो वर्ष प्रवेश गर्दैगर्दा ६५ जिल्लाका ५ सय सहकारी संघसंस्थामा मिरा इआरपीको सेवा पुगेको हो । जेठ १३ गते कम्पनीले दोश्रो वाषिकोत्सव कार्यक्रमको आयोजना गरी कम्पनिको सेवा र प्रगती विवरणका बारेमा जानकारी गराएको छ ।

कार्यक्रममा सहोदर कम्पनि रारा डिजिटल ल्याब्सका अध्यक्ष मनोज घिमिरेले सफ्वेयर विकासका चरणहरु बारे स्पष्ट पार्दै मिरा ईआरपी सफ्टवेयर ५ सय सहकारीमा प्रयोगमा आउनु आफैमा सफल रहेको बताए ।

प्रोडक्ट राम्रो भएपछि बृद्धि स्वभाविक ढंगले अगाडि बढ्छ, उनले भने, विश्व इतिहासमै इररलेस सफ्टवेयर आजसम्म कसैले बनाएको छैन, हामी प्रयोगकर्ताको आवश्यकताका आधारमा निरन्तर सुधार र विकास गर्दै अगाडि बढ्छौं । एक बर्ष अगाडिको मिरा र आजको मिरा सफ्टवेयर तथा अवको एक वर्षपछिको मिरा सफ्टवेयरमा प्रयोगकर्ताले पर्याप्त भिन्नता पाउने उनले बताए ।

त्यसैगरी नियोसिस टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत मनोज तिवारीले २०८० सालको जेठ १२ गतेबाट मिरा बजारमा लगिएको जानकारी दिए । उनले मिरा इआरपी सफ्टवयेर नभएर सेवा रहेको बताए । उनले मिरा एआरपी प्रडक्ट मात्र नभएर सहकारीमा प्रविधिको मिसन भएको बताए ।

उनले मिराको सेवाले प्रयोगकर्ता सहकारीहरु पूर्णरुपमा सन्तुष्ट रहेको जानकारी दिए । मिरालाई ओक्कुको डिजिटल ग्लोबल अवार्डमा समेत नोमिनेसन भइसकेको जानकारी गराए । मिरा एआरपी पारदर्शी र ब्याकपको समस्या नरहेकोले यूजरफ्रेण्ली भएको उनको भनाइ छ । प्रति यूजर १६ हजारमा सफ्वयेर जडान गर्ने वित्तिकै मोबाइल बैंकिङ र एसएमएस सेवा निशूल्क दिइएको पनि जानकारी दिए ।

कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले बिना प्रविधि विकासको परिकल्पना असम्भव भएको भन्दै संघले मिरा ईआरपीलाई साकोसको सफेटवेयरको रुपमा स्वामित्व ग्रहण गर्न अनुरोध गरे । प्रविधि प्रयोगमा नविनता र त्यसमा सुधार निरन्तर प्रक्रिया रहने भएकोले मिरा ईआरपीलाई संघ र साकोस अभियानले पहिलो प्राथमिकता बनाएर जानुपर्ने उनको भनाइ थियो ।

संघका बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले आफूले प्रतिनिधित्व गरेको संस्थाले डेढ बर्ष अगाडिदेखि मिरा ईआरपी सफ्टवेयर प्रयोग गरिरहेको बताए । उनले भने “ हाम्रो संस्था, सिकोमा हाल २५ वटा यूजर प्रयोगमा आइरहेको छ, डे इण्ड राम्रो छ, रिपोटिङ सिस्टम प्रभावकारी र कोपोमिसमा प्रतिवेदन पठाउन समेत सहज भएको छ।

” प्रविधि आफैमा पूर्ण कहिल्यै नहुने र यसमा सुधारको प्रयास निरन्तर आवश्यकता रहने उनले बताए । साथै प्रविधिको प्रभावकारीतामा प्रयोगकर्ताको दक्षता पनि निर्भर हुने भएकोले मिराले बजरीकरण सँगै कर्मचारीलाई समेत दक्ष बनाउनुपर्ने बताए ।

कार्यक्रममा संघका महाुचिव घनश्याम अधिकारीले अविछिन्न उत्तराधिकारवाला संस्थाको रुपमा रहेको केन्द्रीय संघ नेफ्स्कूनले निर्माण गरेको  मिरा ईआरपी सफ्टवेयरले सहकारीको सेवालाई पूर्ण प्रविधिमैत्री बनाउदै सफलता प्राप्त गरेको बताए ।

कार्यक्रममा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापाकोटाले साकोस अभियानको क्षेत्रमा मिरा ईआरपी एवान सफ्टवेयरको रुपमा विकास भएको बताए । नेफ्स्कून मिरा ईआरपी प्रयोगकर्ता मध्येको ठूलो संस्था रहेको भन्दै साकोस अभियानलाई प्रविधिमार्फत एकाकार गर्न मिरा ईआरपीको विकल्प नरहेको बताए ।

कार्यक्रममा संघका संघका सल्लाहकार मिनराज कंडेल तथा निवर्तमान अध्यक्ष परितोष पौड्यालले शुभकामना मन्तब्य राखेका थिए । त्यसैगरी लुम्बिनी प्रदेश बचत संघका अध्यक्ष कृष्ण नेपाल, नेफ्स्कूनकी सञ्चालक ज्ञानु पौड्याल लगायतले मिरा ईआरपी सफ्टवेयरको बजारीकरणका लागि आ आफ्नो क्षेत्रबाट साथ सहयोगको प्रतिबद्धता व्यक्त गर्नुपर्ने बताए ।



Leave a comment