हाइलाइट

सहकारी प्राधिकरणद्धारा जारी मापदण्ड परिमार्जन गर्न माग

सहकारी प्राधिकरणद्धारा जारी मापदण्ड परिमार्जन गर्न माग :: Sahakari Akhabar

काठमाडौं । भत्तपुर जिलला सहकारी संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले सहकारी प्राधिकरणद्धारा जारी मापदण्ड परिमार्जन गर्नुपर्ने बताएका छन् । उनले बचत संघहरुले सदस्य संस्थाको बचत स्विकार्ने र ऋण लगानी कार्य सहकारी ऐनमा व्यवस्था भए बमोजिम काम गरेको भन्दै मापदण्ड परिमार्जन गर्नुपर्ने बताएका हुन् ।

बचत तथा ऋणको एकल उद्देश्य बमोजिम बचत तथा ऋण सहकारी संघहरुले सदस्य संस्थाको बचत स्विकार्ने र ऋण लगानी कार्य सहकारी ऐनमा व्यवस्था भए बमोजिम नै गरी रहेको बताए । बैंक तथा वित्तीय संस्थालाई पोषणका निम्ती नै बचत तथा ऋण मुख्य कारोबार गर्ने सहकारी संघ तथा संस्थाहरुको बृद्धि विकासमा संकुचन हुने गरी मापदण्डहरु जारी भएको उनको भनाई छ । समग्र सहकारी अभियानलाई कमजोर र धरासायी बनाउने गरी जारी भएको मापदण्डको तत्काल परिमार्जन गर्नु पर्ने अध्यक्ष लाखाजुले बताए ।

भक्तपुर जिल्ला बचत संघले जेठ १० र ११ गते आयोजना गरेको सहकारीमा पूँजी कोष पर्याप्तता र पल्र्स अनुगमन प्रणाली तालिममा अध्यक्ष लाखाजुले मापदण्डमा तरलता सम्बन्धी व्यवस्था लगायतका विषय तत्काल सच्याउनु पर्ने अन्यथा कानुनी उपचारमा सहकारी अभियान लाग्नु पर्ने अध्यक्ष लाखाजुले बताए ।

तालिमलाई नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघको प्राविधिक साझेदारी रहेको थियो । संघका कोषाध्यक्ष एवं अन्तरलगानी तथा वित्तिय सेवा प्रवद्र्धन उपसमितिका संयोजक कान्छा भक्त घजुले संस्थाले ९ऋब्च्० र पल्र्सको अनुपात हेरेर मात्र सदस्यको बचत लिने र जोखिम कति लिन सकिन्छ भन्ने कुरा थाहा पाउने बताए ।

संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुले वित्तीय कारोबार गरेकै आधारमा बचत तथा ऋण सहकारीलाई बैंक भयो भन्नु गलत भएको बताए । उनले बचत तथा ऋण कारोबारको सिमाको आधारमा बर्गीकरण गरी नेपाल राष्ट्र बैंकबाट बैकिङ इजाजत लिने व्यवस्था गर्नुपर्ने बिचार राखे ।

उनले सहकारीमा देखिएको समस्या समाधान सहकारीलाई नियोजन गर्ने निर्देशन तथा मापदण्ड मात्र जारी गर्दैमा नहुने भन्दै व्यवहारिक तथा प्रगतिशिल कानुनको आवश्यकता रहेको बताए । तालिम नेफस्कूनका प्रशिक्षक बल्लभ तिमल्सिना र उमेश कोईरालाले सहजीकरण गरेका थिए । तालिममा संघमा आवद्ध संस्थाहरुका पदाधिकारी, व्यवस्थापक तथा लेखासम्बन्धी कर्मचारीहरु गरि ३८ जनाको सहभागिता रहेको थियो ।



Leave a comment