काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणका सदस्य मदन कोइरालाले सहकारीको नियमनलाई प्रभावकारी बनाउनेतर्फ प्राधिकरणले काम गरिरहेको बताएका छन् । ‘विभाग हुँदाहुँदै प्राधिकरण आएर डुप्किकेशन भयो भन्ने कुरा आएको छ ।
खासगरि बचत तथा ऋणको कारोबार गर्ने संस्थालाई नियमन गर्न प्राधिकरण आएको उनको भनाइ थियो । उनले सहकारी प्राधिकरण बचत तथा ऋण सहकारीलाई नियन्त्रण गर्न नभएर नियमन गर्न आएको बताए । प्राधिकरण सशक्त छ,’ उनले भने।
शुक्रबार नेपाल सहकारी पत्रकार समाज (सीजेएन) ले सहकारी विभाग संगको समन्वयमा आयोजना गरेको, प्राधिकरण गठनपछि सहकारी विभागको भूमिका विषय छलफल कार्यक्रममा पेनालिष्टको रुपमा बोल्दै सदस्य कोइरालाले सहकारीको सिद्धान्त स्वनियमनको भएको र सहकारीको नियमन गर्न नसक्दा समस्या आएको बताए ।
उनले प्राधिकरणले सही तरिकाले नियमन गरेर प्रभावकारी काम गर्न सकिने धारणा राखे । प्राधिकरणमा प्रभावकारी काम गर्न राष्ट्र बैंक समक्ष कर्मचारीका लागि आग्रह गरिएको पनि जानकारी दिए ।
सहकारीमा वित्तीय अनुशासन कायम गर्न नसक्दा समस्या आएको भन्दै उनले भने, ‘सहकारी अपरिहार्य छ । यसलाई व्यवस्थित गर्न सबै एकजुट हुन आवश्यक छ ।’
Leave a comment