हाइलाइट

सन्तोष बजागाईको संयोजनमा ‘ललितपुर साकोस फोरम’ गठन

सन्तोष बजागाईको संयोजनमा ‘ललितपुर साकोस फोरम’ गठन :: Sahakari Akhabar

काठमाडौं । ललितपुरका बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापनहरुको ‘ललितपुर साकोस फोरम’ गठन भएको छ । ललितपुर  जिल्ला बचत संघका प्रमुख कार्यकारी अधिकृत सन्तोष बजागाईंको संयोजकत्वमा ११ सदस्यीय  तदर्थ समिति गठन भएको हो ।

समितिको सदस्यमा खुत्रुकी साकोसका महेश्वर सिंखडा,इमेज साकोसकी लिना प्रधान, आयाम साकोसका गणेश नेपाल, गन्तव्य साकोसका उत्तम घिमिरे र मनीमण्डप साकोसकी जीना शाक्य रहेकाछन् ।

त्यसैगरी पद्मावती साकोसका बालकृष्ण महर्जन, कर्मठ सामुदायिक साकोसका कृष्णप्रसाद घिमिरे,इमाडोल साकोसका मनहरि श्रीमाली, मातृ साकोसकी शोभा सिगु र शैक्षिक विकास साकोसकी स्वीटि राजभण्डारी रहेकी छिन् ।

ललितपुरले सहकारीका असल अध्यास आदान प्रदान गर्नुका साथै कर्मचारीहरुमा तालिम तथा शिक्षा मार्फत उत्कृष्ट व्यवस्थापन तयार गर्ने लक्ष्य राखिएको छ ।



Leave a comment