काठमाडौं । नेपाल राष्ट्र बैंकका निर्देशक डा.राम शरण खरेलले बचत तथा ऋण सहकारी संस्थाको लागि जारी गरिेएको पछिल्लो मापदण्ड तथा निर्देशन लागु नहुने भएकाले निर्देशनबाट सहकारीकर्मी आत्तिन नपर्ने पनि बताएका छन् ।
ललितपुर बचत संघको आयोजनामा भएको सिईओ वर्कसपमा बोल्दै उनले केन्द्रीय बैंकले प्रतिस्थापन विधेयक पारित हुनु अगावै मापदण्ड प्रकाशन गरेकाले सहकारीका लागि उक्त निर्देशन अनिवार्य नभएको जनाए।
राष्ट्रिय सहकारी प्राधिकरण गठन भईसकेको हुनाले प्राधिकरणले जारी गर्ने मापदण्ड निर्देशन नै अन्तिम हुने भएकोले राष्ट्र बैंकले जारी गरेको पछिल्लो निर्देशन अहिलेका लागि स्वेच्छिक मात्र भएको बताए ।
प्राधिकरण गठन भइसकेकाले सोबाट आउने निर्देशन तथा मापदण्ड सहकारीकालागि अव अनिवार्य नहुने उनले प्रष्ट पारे । राष्ट्र बैंकले चैत २१ गते बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाका लागि निर्देशन जारी गरेको थियो ।
त्यसैगरी चैत १८ गते प्रतिस्थापन विधेयक मार्फत सहकारी ऐन संसोधन भएको थियो । नेपाल राष्ट्र बैंकले सहकारीलाई कार्यक्षेत्रका अधारमा बचत र लगानीको सिमा लगाएको छ भने प्रतिस्थापन विधेयकले सहकारीमा पूँजीकोषको आधारमा बचत ऋणको कारोबार तोकेको छ । सहकारीकर्मीले पूँजीकोषको आधारमा बचत र ऋणको कारोबारको लविङ गर्दैआएका थिए ।
Leave a comment