हाइलाइट

सहकारीमा स्रोत खुलेको रकम राख्न बन्देज गर्नुनहुनेः मन्त्री श्रेष्ठ

सहकारीमा स्रोत खुलेको रकम राख्न बन्देज गर्नुनहुनेः मन्त्री श्रेष्ठ :: Sahakari Akhabar

काठमाडौं । बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठले सहकारीमा स्रोत खुलेको रकम बचत गर्न रोक्ननहुने बताएका छन् । सहकारीमा स्रोत खुलेको रकम राख्न बन्देज गर्नुनहुने मनत्री श्रेष्ठको भनाइ छ।

सहकारीमा स्रोत नखुलेको रकम पनि रहेको भन्ने आरोप पनि सही जस्तो लागेको भन्दै उनले स्रोत खुलेको जतिसुकै रकम पनि सहकारीमा बचत गर्न पाउनु पर्ने उनको भनाइ छ ।

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले आयोजना गरेको साकोस सिईओ वर्कसपको उद्धघाटन गर्दै मन्त्री श्रेष्ठले कतिपय सहकारी संस्थामा सदस्यले स्रोत नखुलेको रकम समेत जम्मा गरेको भन्दैै उनले त्यसलाई रोक्न आवश्यक भएको पनि जनाए ।

मन्त्रालयले समस्याग्रस्त घोषणा गरेका केही सहकारीका बचतकर्तालाई रकम मागदावी गर्न आव्हान गरेको र स्रोत खुल्ने र पाँच, दशलाख रकम भएकाले मात्र मागदावी गरेको बताए ।

तर १८ करोडसम्म सहकारीमा बचत भएको पाइए पनि मागदावी गर्न भने नआएकोले सहकारीमा स्रोत नखुलेको रकम पनि रहेछ भन्ने शंका गर्ने ठाँउ रहेको उनको भनाई छ ।

बागमती प्रदेश मातहत रहेका ३२ सय सहकारी संस्था मध्ये तीनसय सहकारी संस्थामा समस्या रहेको उनको भनाई छ । तीनसय सहकारी संस्थामा सदस्यको ११ अर्ब रकम डुबेको उजुरी मन्त्रालयमा परेको उनले जानकारी दिए ।

सहकारीमा गलत गर्नेलाई मन्त्रालयले नछाड्ने भन्दै केही संस्थाले गरेको गलत कार्यले सिंगो अभियानमा नै दाग लागेको उनको भनाई छ । सहकारीका समस्या समाधान गर्दै यो क्षेत्रलाई व्यवस्थित .गर्न आफुलागि परेको उनले जनाए ।

गलत गर्ने संस्थालाई मन्त्रालयले समस्याग्रस्त घोषणा गरी कानुनी प्रक्रिया अगाडी बढाई सकिएको उनको भनाई छ । सहकारीबाट ऋण लिने र समयमा ऋण नतिर्ने ऋणीको लागि स्थानीय सरकार कठोर हुन उनको आग्रह छ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै ललितपुर जिल्ला सहकारी संघका सचिव अनिल वीर बज्रचार्यले  दुई दिने वर्कसपले सहकारीका व्यवस्थापनहरुमा निखार ल्याउने जनाए ।

उनले सहकारी क्षेत्रमा अहिले अन्यौलता रहेको भन्दै यो विषयमा छलफल गरेर अगाडि बढ्नु पर्नेमा उनको जोड छ । कार्यक्रमा बागमती प्रोस्कूनका अध्यक्ष उद्धव सापकोटाले सहकारी क्षेत्रमा अहिले अन्यौला रहेको जनाए ।

उनले सहकारी प्राधिकरण राष्ट्र बैकको उप समिति  जस्तै रहेको भनाई छ । सहकारीलाई व्यवस्थित गर्ने नाममा विभिन्न निकाय गठन भएको भन्दै यसले सहकारी क्षेत्रको समस्या समाधान गर्न नसकेको उनको आरोप छ ।

 संघका अध्यक्ष रामहरि बजगाईंले ललितपुरमा रहेका ४८२ संस्था संघमा आवद्ध रहेको र ती संस्थालाई व्यवस्थित गर्न संघ लागि परेको बताए । कतिपय संस्थामा  बचत अपचलन भएको भए पनि धेरैजसो सहकारी संस्थामा भने गरेको ऋण समयमा नउठ्दा समस्या आएको उनको भनाई छ ।

सहकारीमा ऋण नउठ्ने तर सदस्यले मागेको समयमा बचत फिर्ता पाएनन् भन्ने प्रहरी कहाँ उजुरी हाल्ने समस्या रहेको उनको गुनासो छ । सहकारीले लाभांश दिएन भने शेयर फिर्ता माग्ने सदस्यहरु बढेकाले त्यसतर्फ मन्त्रालयको ध्यान जान आवश्यक रहेको उनको भनाई छ ।

हिजोको दिनमा डिभिजन कार्यालय हुँदा सहकारीको नियमन भएको र संस्थाहरु पनि डराउने अवस्था रहेकाले अहिले डिभिजन कार्यालयले नभएको अवस्थामा उपत्यकामा कार्यालय खडा गरी संस्थाहरुको नियमन तथा अनुगमन गर्न उनको माग छ ।

सहकारीमा एकीकरण आवश्यक रहेको र त्यसमा मन्त्रलायले सहजीकरण गर्नुपर्ने उनको भनाई छ । सहकारीमा एकीकरण आवश्यक रहेको र त्यसका लागि मन्त्रालयले कर छुट लगायतका केही सुविधा ल्याउन उनको आग्रह छ ।

अबको आवश्यकता वित्तीय रुपमा सबल र बलियो सहकारी भएको भन्दै उनले ऐनले पनि एक संस्था एक सदस्यको आवधारणा ल्याएको बताए ।

राष्ट्र बैंकले बचत तथा ऋण सहकारी संस्थाको लागि मापदण्ड तथा निर्देशन ल्याएको र यसले  पनि संस्थाहरुलाई एकीकरणमा  जना बाध्य बनाएको उनको भनाई छ । सहकारी क्षेत्रले कुन र कसले ल्याएको कानुन पालना गर्ने भन्ने अन्यौलता रहेको बताए ।

सहकारीमा अनेकथरी नियम कानुन आएकाले संस्था कसरी सञ्चालन गर्ने भन्नेमा समस्या आएको बजगाईंले जनाए । उनले बागमती प्रदेशमा रहेका सहकारी संस्थाको समस्या समाधानमा ध्यान दिन मन्त्रीलाई आग्रह गरे ।

यो क्षेत्रको समस्या समाधान भए मन्त्रीको उचाई बढेर जाने उनले जनाए । तल्लो तहका जनतालाई समेटेर काम गर्ने सहकारी क्षेत्रलाई  राम्रो बनाउन सके मन्त्री ज्युलाई अभियानले सधै सम्झिरहने उनको भनाई छ ।

दुई दिनको सिकाई उपलब्धीमुलक हुने भएकाले यो समयलाई भरपुर उपयोग गर्न सहभागीलाई उनको आग्रह छ । वर्कसपले व्यवस्थापन प्रमुखहरुमा निखार ल्याउने उनको दावी छ ।

ललितपुरको सहकारी अभियानलाई बलियो बनाउन संघ लागि परेको उनले सुनाए । कार्यक्रममा स्वागत गर्दै संघका बरिष्ठ उपाध्यक्ष करुणारत्न बज्रचार्यले वर्कसपमा नजानेका कुरा सिक्ने र जानेका कुरा एकअर्कामा साटसाट गर्ने थलोको रुपमा लिन आग्रह गरे ।

सहकारी क्षेत्रमा अलमल रहेको भन्दै उनले त्यसलाई चिर्न अभियान आफै लाग्नु पर्नेमा उनको जोड छ । सहकारीको धमिलिएको वातावरणलाई संङ्ल्याउन सहकारीकर्मीले नै पहल गर्नु पर्नेमा उनको जोड छ । सहकारी आफ्नो संस्था भएकाले बचतको सीमा तोक्न नहुने उनको भनाई छ । कार्यक्रमको संचालन संघका सचिव श्याम महर्जनले गरेका थिए ।



Leave a comment