हाइलाइट

अन्तर्राष्ट्रिय सहकारी वर्षलाई भ्रमण वर्षका रुपमा सफल पार्न नेफ्स्कूनको साधारण सभा लुम्विनिमा

अन्तर्राष्ट्रिय सहकारी वर्षलाई भ्रमण वर्षका रुपमा सफल पार्न नेफ्स्कूनको साधारण सभा लुम्विनिमा :: Sahakari Akhabar

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को ३३ औ बार्षिक साधारण सभा अन्तर्राष्ट्रिय सहकारी वर्षलाई भ्रमण वर्षका रुपमा सफल पार्न लुम्विनिमा गर्ने भएको छ । यो वर्ष अन्तर्राष्ट्रिय सहकारी वर्षलाई भ्रमण वर्षका रुपमा सफल पार्न नेफ्स्कूनको बार्षिक साधारण सभा लुम्विनि प्रदेशको बुटवलमा गर्ने तयारी गरेको हो ।

अन्तर्राष्ट्रिय सहकारी वर्ष र पर्यटन वर्षलाई सहकारीको तर्फबाट भ्रमण वर्ष बनाउन यो सभाले सहयोग गर्ने बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले बताए । उनले यो भ्रमण वर्षका रुपमा सफल पार्न लुम्विनिमा साधारण सभा गर्ने निर्णय भएको जनाए ।

उनले भने, ‘संयोगवस अन्तर्राष्ट्रिय सहकारी वर्ष र पर्यटन वर्ष संगै परेकोले पर्यटन प्रवर्धनमा सहकारीको योगदान होस् भनेर १६ वर्ष पछि नेफ्स्कूनको बार्षिक साधारण सभा उपत्यका बाहिर हुन लागेको हो ।’ साधारण सभाका संयोजक समेत रहेका अधिकारी उपत्यका बाहिर हुनगइरहेको साधारण सभाले सहकारी अभियानमा नयाँ सन्देश दिने दावी गर्छन् ।

साधारण सभा संयोजक अधिकारीले लुम्विनिमा हुने साधारण सभा ऐतिहाँसिक र सन्देशमूलक हुने बताए । लुम्विनिको आन्तरिक पर्यटन प्रवर्धनमा यो साधारण सभाले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ । उनले त्यहाँका धार्मिक तथा पर्यटकिय स्थल भ्रमणको तालिका समेत बनाएर वितरण गर्ने र बाहिरबाट आउने प्रतिनिधिहरुलाई होटल र बसको ब्यवस्थामा समन्वय गर्ने जनाए ।

त्यसैगरी बरिष्ठ उपाध्यक्ष अधिकारीले लुम्विनि भ्रमणका लागि त्यहाँको विभिन्न समितिसंग समन्वय गरेर नेफ्स्कून प्रतिनिधिहरुलाई सहजीकरण गर्ने तथा केवलकारमार्फत स्थानीय मन्दिरमा दर्शन गर्नजाने तिर्थालुलाई केवलकार शूल्कमा समन्वय गरिदिन छलफल भइरहेको समेत जानकारी दिए ।

उनले लुम्विनिका नमुना तथा उत्कृष्ट साकोसहरुको अध्ययन भ्रमण गर्न इच्छुकहरुलाई त्यसको पनि ब्यवस्था मिलाइने जानकारी दिए । त्यहाँका सहकारी, पर्यटकिय स्थल तथा प्रसिद्ध धार्मिकस्थल र होटलहरुको बारेमा जानकारी पाइनेगरी ब्यवस्था मिलाइने समेत बताए ।

त्यसैगरी साधारण सभाको दिन सहकारीका सदस्यले उत्पादन गरेको बस्तुहरुको प्रदर्शनीका लागि स्टल निर्माण गरिइसकेको जानकारी दिए । यो साधारण सभामा आन्तरिक बाह्य र ब्यक्तिगत सुशासनको विषयका दूईवटा महत्वपूर्ण कार्यपत्र प्रस्तुत हुने उनले बताए ।

उनले सुशासनकालागि नेतृत्व गुणात्मक हुन जरुरी रहेको भन्दै आचरण सोच र कार्यशैलीमा निखारिएको ब्यक्तिहरुनै नेतृत्व गर्नुपर्छ भन्ने पनि सन्देश दिने उनको दावी छ । उनले आन्तरिक पक्षलाई एक जुट बनाउने र बाह्य पक्षसंग लविङ गरेर परिणाम ल्याउन सभाले सहयोग गर्नुका साथै नेफ्स्कूनको इतिहाँसलाई अझ मजबुत बनाउने उनको भनाइ छ ।

नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापकोटाले नेफ्स्कूनको लुम्विनिमा हुने साधारण सभा सिकाइको सभा पनि हुने बताए । उनले साधारण सभा, सभाको रुपमा मात्र नभइ, राज्य, अभियान र सहकारी संस्थालाई कसरी अगाडी लान सकिन्छ भन्ने विषयको एउटा कार्यपत्र प्रस्तुत हुने र अर्को विषय विज्ञबाट फिट एण्ड प्रपर विषयलाई उठान गर्नखोजेका बताए ।

उनले भने, वित्तिय कारोबार गर्ने सहकारीमा कस्ता संचालक चाहिन्छ, उनीहरुको योग्यता कस्तो हो भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरिने छ । उनले ७७ वटै जिल्लाबाट प्रतिनिधि पुर्याएर अन्तरिक पर्यटनलाई बढवा दिने तयारी रहेको बताए । उनले यो साधारण सभा सिकाइ सत्र, पर्यटन सत्र र साधारण सभा गरी तीन सत्रको रुपमा अघि बढाउने जनाए ।



Leave a comment