काठमाडौं । सहकारीमा दैनिक रूपमा प्रयोग हुने कागजी कार्यलाई अटोमेसन गर्दै आइरहेको आकाश डिजिटलले नयाँ भर्जन सार्वजनिक गरेको छ । आकाश डिजिटलले सहकारीका सदस्यले अनलाइनबाटै ऋणको आवेदन दिन सक्नेगरि भर्जन थ्रि सार्वजनिक गरेको हो ।
बिगत सात वर्षदेखि विभिन्न खोज अनुसन्धान, देशका उत्कृष्ट साकोसहरूमा भौतिक उपस्थित भई कागजी प्रक्रिया र त्यसलाई प्रविधिमैत्री बनाउने विषयमा अध्ययन गरी कानुनविद्, सहकारी विज्ञ तथा हाल प्रयोग गरिरहेका सहकारीले दिएको सुझाव बमोजिम पछिल्लो सिस्टमको अपडेट गरिएको कम्पनीले जनाएको छ ।
अटोमेसनले डेटा प्रशोधन, बिश्लेषण, सूचना प्रक्रिया, अनुसन्धान र मूल्यांकनलाई स्वचालित बनाई आवश्यक निर्णय लिन सहजता प्रदान गर्दछ । यसले कार्यमा समय र श्रमको बचत गर्नुको साथै गल्तिहरू र संस्थागत जोखिम कम गराई शुसासनमा संस्था संचालन गर्न सहजिकरण प्रदान गर्ने कम्पनीको दाबी छ ।
सहकारी क्षेत्रमा डिजिटलाइजेसन मार्फत स्वचालित नीति, नियम र प्रक्रियाहरूसँग पङ्क्तिबद्ध रूपमा सम्पूर्ण विश्लेषणसहित तयार, समिक्षा, अनुमोदन र प्रमाणिकरणका लागि प्रयोगकर्ताहरूलाई सिमा अनुसार स्वचालित रिमाइन्डर र सूचनामार्फत् दक्षता र सहजता प्रदान गर्दछ ।
विशेषगरी सदस्यता कायम गर्दाको केवाइएम वा खाता खोल्दाका फारम, सदस्यलाई ऋणको कारोबार गर्दा प्रयोग गरिने कागज, सहकारी क्षेत्रमा कुनै न कुनै सेवा लिन जाँदा कागजकै फर्म भर्नुपर्ने बाध्यता अन्त गरि सहकारी क्षेत्रलाई प्रबिधिको प्रयोगबाट अटोमेशन गर्न यस सिस्टमको विकास गरिएको कम्पनीका कार्यकारी प्रमुख टंकप्रसाद अधिकारीले जानकारी दिए ।
उनका अनुसार आफु लामो समय सहकारी क्षेत्रमा मुख्य भुमिकामा रहि कार्य गरेको र त्यसै समय देखि सहकारीलाई पनि कागजी कार्यमा प्रबिधिमैत्री बनाउन बिभिन्न खोज अनुसन्धान गरि यस प्रकारको सिस्टमको परिकल्पना गरिएको उनले बताए ।
सहकारीमा डिजिटाइजेशन भनेको भुक्तानीमा आधारित आर्थिक कारोबारलाई मात्र लिने गरिन्छ तर डिजिटाइजेशन भनेको अटोमेशन र पेपरलेस कार्य पनि हो । वित्तीय संस्थाभित्र भुक्तानीको मात्र कार्य हुँदैन विभिन्न आन्तरिक कार्य, सदस्यसँग सेवा प्रवाहमा थुप्रै कागजी कार्यहरु हुने गर्दछन । त्यस्ता कामलाई कागजरहित बनाउनु नै सहकारी क्षेत्रको डिजिटाइजेशन भएको उनको भनाइ छ ।
अटोमेसन सिस्टमले ऋण लगानी कार्यमा मूल्याङ्कन, जोखिम बिश्लेषण, परियोजनाको बिस्तृत बिश्लेषण साथै ऋण स्वीकृतीलाई स्वायत्त र डिजिटलाइजेशन गर्दछ । साथै सहकारी संस्थालाई द्रुतगतिमा ऋण प्रकिया पुरा गर्न मद्दत गर्दछ । अहिले पनि सहकारी क्षेत्रमा कागजका दस्तावेजहरु सुरक्षित राख्नुपर्ने कानूनी प्रावधान छ ।
हामीले डिजिटलाइजेसन मार्फत इनपुट गरिएका डेटाको बिष्लेषण र प्रमाणिकरण पश्चात सहकारीमा प्रयोग हुने सबै प्रकारका म्यानुअल फारम, सेवा प्रवाहमा प्रयोग हुने हस्तलिखित कागज र ऋण लगानी तथा असुली कार्यमा प्रयोग हुने कागजात साथै कानुनी लिखतलाई स्वचालित बनाई समय र श्रमको बचत गर्दछ भने गल्तीहरू र संस्थागत जोखिम कम गराई शुसासनमा संस्था सञ्चालन गर्न सहजिकरण प्रदान गर्दछ,अधिकारीले भने ।
पछिल्लो अपडेटमा सुरक्षा प्रणालीसहित विभिन्न सुविधाहरू थप गरेको कम्पनीले जनाएको छ । लगानी असुली तथा निर्णयपुस्तिकामा यस पछाडिका प्रक्रिया के हुन भन्ने विषयमा सिस्टमले अटोमेटेड रुपमा गाइड गर्ने समेत कम्पनीले जनाएको छ ।
Leave a comment