हाइलाइट

सहकारी बैंकको ब्याजदर परिवर्तन, अपाङग, दलित र महिलाद्वारा सञ्चालित संस्थालाई ०.५ को सहुलियत

सहकारी बैंकको ब्याजदर परिवर्तन, अपाङग, दलित र महिलाद्वारा सञ्चालित संस्थालाई ०.५ को सहुलियत :: Sahakari Akhabar

काठमाडौं । नयाँ आर्थिक वर्ष लागेसँगै राष्ट्रिय सहकारी बैंकले ब्याजदर परिवर्तन गरेको छ । २०८१ साउन ४ गते देखि लागु हुनेगरी सहकारी बैंकले बचत तथा कर्जाकोमा ब्याजदर परिवर्तन गरेको हो ।

सहकारी बैंकले प्रकाशित गरेको सूचना अनुसार बचततर्फ न्युनतम १.५० प्रतिशतदेखि अधिकतम ७ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । जसमा साधारण बचतमा न्यूनतम १.५० प्रतिशतदेखि अधिकतम १.७५ प्रतिशत तोकिएको छ ।

त्यसैगरी विशेष बचतमा २ प्रतिशत, सुपर बचतमा न्युनतम २.२५ प्रतिशतदेखि अधिकतम २.७५ प्रतिशतसम्म छ । त्यसैगरी एनसिबिएल समुन्नत बचत खातामा न्युनतम २.२५ प्रतिशतदेखि अधिकतम २.७५ प्रतिशतसम्म र एनसिबिएल प्रिमियम बचत खातामा २।७५ प्रतिशतसम्म ब्याजदर तोकिएको छ ।

त्यस्तै बैंकले अनिवार्य नियमित बचतमा ६.५० प्रतिशतदेखि ७ प्रतिशतसम्म, क्रमिक बचतमा न्युनतम ६ प्रतिशतदेखि अधिकतम ६.७५ प्रतिशत र मुद्दती निक्षेपमा ४.५० प्रतिशतदेखि ५.५० प्रतिशतसम्म ब्याजदर कायम गरिएको छ ।

बैंकको सूचना अनुसार कर्जातर्फ ७ प्रतिशतदेखि १० प्रतिशतसम्म ब्याजदर तोकिएको छ । बैंकका अनुसार घर घडेरी खरिद तथा भवन निर्माण कर्जाको स्वः लगानी नियमानुसार हुनेछ ।

त्यस्तै मुद्दती निक्षेपको बिड रेट ५.५० प्रतिशतसम्म प्रस्ताव गर्न सकिने छ भने अपाङग, दलित र महिलाद्वारा मात्र सञ्चालित संस्थालाई प्रकाशित ब्याजदरमा ०.५ प्रतिशतसम्म थपघट गर्न सकिने बैंकले जनाएको छ । साथै यस्तो सुविधा दोहोरो रुपमा प्रदान नगरिने समेत बैंकले उल्लेख गरेको छ ।



Leave a comment