काठमाडौं । वेबबेस्ड प्रविधियुक्त प्रिमियम कोर बैकिङ सिस्टम (प्रिमियम सीबीएस)ले भर्सन २.० सार्वजनिक गरेको छ। नेपालका ५ सयभन्दा बढी संस्थालाई कोर बैंकिङ सिस्टम प्रदान गरिरहेको प्रिमियम टेक्नोलोजिज प्रालीले चालु आर्थिक वर्षको पहिलो दिन (साउन १) गते देखि ‘प्रिमियम भर्सन २.०’ सार्वजनिक गरेको हो । प्रिमियमको भर्सन २.० ईआरपी र माईक्रो मोडेलमा आधारित रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत मोहन बनको भनाइ छ।
नयाँ भर्सनमा लोन अटोमेसन सिस्टम, नेपाली र अंग्रेजी भाषा, लाईभ च्याट/सर्पोट, नयाँ युजर इन्टरफेस लगायतको सेवा रहेको उनले बताए । सूचना प्रविधिको बढ्दो विकास र विस्तारले सहकारीहरू पनि प्रविधिमैत्री हुनुपर्ने अवस्था सिर्जना भैसकेको र सोही अवस्थालाई मध्येनजर गरेर नयाँ भर्सन ल्याएको बनको भनाई छ ।
कम्पनीले विगत ८ वर्षदेखि सहकारीहरुलाई सफ्टवेयर एज ए सर्भिस मोडलमा सेवा दिँदै आएको थियो । संस्थाका प्रमुख कार्यकारी अधिकृत बनले भने, ‘नयाँ भर्सन ईआरपी र माईक्रो सर्भिस मोडेलमा आधारित छ । नयाँ भर्सन नविनतम् टेक्नोलोजीमा बनेको र सेक्युरिटीमा एकदमै धेरै काम गरेको छ ।’
उनी भन्छन् ‘कुनै पनि युजर लगइन गर्नलाई २ फ्याक्टर सेक्युरिटी आवश्यक पर्दछ । सहकारीको ब्यवस्थापकिय तथा समितिलाई चाहिने म्यानेजमेन्ट रिपोर्ट पनि एकदमै सजिलो तरिकाले ड्यासबोर्ड मै देखिने गरि राखेका छौं ।’
Leave a comment