हाइलाइट

बचतकर्ताको बचत फिर्ता गर्नेगरी काम गर्नेः मन्त्री अधिकारी

बचतकर्ताको बचत फिर्ता गर्नेगरी काम गर्नेः मन्त्री अधिकारी :: Sahakari Akhabar

काठमाडौं । नवनियुक्त भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले सहकारी क्षेत्रका समस्याको ठोस समाधान गरी बचतकर्ताको बचत फिर्ता गर्ने बताएका छन् । त्यसैगरी झापा जिल्ला गौरादह नगरपालिका वडा नं ४ र ५ मा जग्गा दर्तामा देखिएको समस्या समाधानका लागि गठन आदेश गर्ने निणर्यमा हस्ताक्षर गरे । सोमवार मन्त्रालयमा पदवहाली गदैं मन्त्री अधिकारीले भूमि क्षेत्रमा लामो समय देखि रहेका समस्याको दिर्घकालिन समाधानका लागि ठोस योजनाका साथ अघि बढ्ने जनाए ।

करिव ८ हजार स्थानीयवासीहरु भूमि अधिकारसंग जोडिएको महारानी झोडाको जग्गा बिवाद समाधानका लागि पटक पटक प्रयास भए पनि उक्त समस्या समाधान हुन सकेको थिएन । बिभिन्न प्रशासनिक समस्याले समाधान हुन नसकेको उक्त समस्या समाधानका लागि मन्त्री अधिकारीले पहलकदमी लिने सोचका साथ पहिलो निणर्यमा हस्ताक्षर गरेका थिए ।

पदबहाली पश्चात मन्त्री अधिकारीले मन्त्रालय मातहतका निकायहरुलाई जनताले अनुभुत गर्ने गरी सेवा प्रवाह गर्न निर्देशन समेत दिए । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा समेत भूमि ब्यवस्थामन्त्री रहेका अधिकारीले दोस्रो इनिङ्मा भूमि आयोग गठन गरी १ बर्षमा ५ लाख भूमिहिनलाई जग्गा बितरण गर्ने र देशबाट गरिवीउन्मुलन गर्ने गरी पुर्णरुपमा काम गर्नका लागि सबै सरोकारवालाहरुबिच समन्वय र सक्रियता आवश्यक रहने बताए ।



Leave a comment