हाइलाइट

आईडियल सहकारीको जेठ महिनाको वित्तिय बिवरण सार्वजनिक, कूल सम्पत्ति १ अर्व ३३ करोड नाघ्यो

आईडियल सहकारीको जेठ महिनाको वित्तिय बिवरण सार्वजनिक, कूल सम्पत्ति १ अर्व ३३ करोड नाघ्यो :: Sahakari Akhabar

काठमाडौं । राजबिराज ४ सप्रीमा रहेको आईडियल सहकारी संस्थाले जेठ महिनाको वित्तिय बिवरण सार्वजनिक गरेको छ । संस्थाले सार्वजनिक गरेको विवरण अनुसार संस्थाको कूल सम्पत्ति १ अर्व ३३ करोड ९६ लाख ३८ हजार ६४४ रुपैंयाँ रहेको छ ।

त्यसैगरी संस्थाको कूल १६ हजार ३३६ सदस्य मध्ये १ हजार २५४ जना सदस्यले ऋण सेवा पाएको जनाइएको छ । संस्थाले प्रकाशन गरेको विवरण अनुसार १ हजार २५४ सदस्यमाझ ७८ करोड ४१ लाख २० हजार ३८९ रुैपैंयाँ ऋण लगानी गरेको जनाएको छ ।

त्यसैगरी संस्थामा १२ करोड १२ लाख ३९ हजार ३०० रुपैंयाँ शेयर पूँजी तथा ९५ करोड ३० लाख ३६ हजार ९६८ रुपैंयाँ बचत रहेको जनाएको छ । त्यसैगरी संस्थाको जगेडा कोषमा १० करोड ६४ लाख ९९ हजार ४१६ रुपैयाँ र विभिन्न कोषहरुमा ५ करोड २१ लाख ११ हजार २३४ रुपैंयाँ रहेको जनाइएको छ ।

संस्थामा ११ करोड १४ लाख ६० हजार १९ रुपैंयाँ संस्थागत पूँजी रहेको संस्थामा ३७ करोड ४० लाख ८ हजार ६२९ रुपैंयाँ अर्थात ३९.२४ प्रशित तरलता रहेको संस्थाका अध्यक्ष गणेश आशले जनाए । संस्थाका सप्तरीको हनुमान बजार तथा पातो बजारमा सदस्य सेवाकेन्द्र रहेका छन् ।



Leave a comment