काठमाडौं । सहकारीकालागि सम्पूर्ण सेवा दिन नियोसिस टेक्नोलोजीका मिरा इआरपिले सुदुर पश्चिमका सहकारीहरुसंग ‘सहकारीमा प्रविधि’ कार्यक्रम सम्पन्न गरेको छ । प्रदेशका कैलाली, कञ्चनपुर, बजुरा, दाङ र डडेल्धुराका सहकारी संग मिरा इआरपिको टोलीले जेठ ७ गतेदेखि ‘सहकारीमा प्रविधि’ कार्यक्रम गरेको थियो।
कञ्चनपुर जिल्लामा मिरा इआपीको सहकार्यमा जिल्ला बचत तथा ऋण सहकारी संघले सहकारीमा प्रविधि, अवसर र चुनौती विषयक अभिमुखीकरण कार्यक्रम गरेको थियो । कार्यक्रममा विभिन्न सहकारी संघ संस्थाका ७० जनाको सहभागिता रहेको थियो ।
जिल्ला बचत संघका अध्यक्ष भवानी चन्दको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेफ्स्कूनका महासचिव घनश्याम अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेफ्स्कून सञ्चालक दिप्ती शाही, सुदूर पश्चिम विशिष्टीकृत थोक सहकारी संघका अध्यक्ष गणेश चन्द, कञ्चनपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष प्रेम सिंह भाट, भिमदत्त नगरपालिका सहकारी संघका इश्वरीप्रसाद खरेल, जिल्ला बचत संघका सञ्चालक मदन भट्टलगायतको सहभागिता थियो ।
कार्यक्रममा रारा डिजिटल ल्याबका प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे, नियोसिस टेक्नोलोजीका चिफ प्रडक्ट अफिसर कवि न्यौपाने तथा प्रमुख प्रविधि अधिकृत मनोज तिवारीले सहकारीमा प्रविधि विषयका बारेमा प्रस्तुती दिएका थिए । सहभागीहरुले मिरा सफ्टवेयर सहकारीहको सम्पूर्ण आवश्यकता पुरा गर्न सक्ने र लेखा प्रणालीलाई ब्यवस्थित गर्न सक्ने माध्यम रहेको बताए ।
कार्यक्रममा नेफ्स्कूनका महासचिव घनश्याम अधिकारीले सहकारी क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउन प्रविधिले व्यवस्थापकीय सहयोग गर्न सक्ने बताए । उनले सहकारीहरु दर्ता हुने तर राम्रोसँग अनुगमन नहुँदा समस्या आएको भन्दै सुसाशनका लागि पनि प्रविधिको अपरिहार्यतामा रहेको बताए ।
कार्यक्रममा नेफ्स्कून सञ्चालक सदस्य दिप्ती शाहीले मिरा सफटवेयर सम्पुर्ण संस्थाहरुको आवश्यकतालाई समेटेर तयार गरिएको बताइन् । उनले सहकारीमा एकरुपता ल्याउन अभियानले सञ्चालनमा ल्याएको सफ्टवेयर प्रयोग गर्न आग्रह गरिन ।
त्यसैगरी मिरा इआरपीले जिल्ला बचत तथा ऋण सहकारी संघ कैलाली संगको सहकार्यमा धनगढीमा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा विभिन्न सहकारी संघ संस्थाका १ सय बढीको सहभागिता थियो । बचत संघ कैलालीका अध्यक्ष शिवा थापाको अध्यक्षतामा भएको कार्यक्रममा सुदुरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री टिका थापाको प्रमुख आतिथ्यता रहेको थियो ।
मन्त्री टिका थापाले सबै सहकारीले सहकारीको कोपोमीस प्रणालीमा जोडिएर आवश्यक तथ्याङक राखी सुशासनमा रहेर सहकरीलाई सदस्य केन्द्रित भई संचालन गनुपर्ने र सहकारीहरुले कृषि तथा उत्पादन क्षेत्रमा काम गर्नुपर्नेमा बताइन् । अध्यक्ष शिवा थापाले सबै सहकारीले प्रविधिको माध्यमबाट मात्र आफ्नो संस्थाको लेखा तथा अभिलेख राखी काम गर्न आग्रह गरिन ।
त्यसैगरी नेफ्स्कूनका महासचिव घनश्याम अधिकारी, सञ्चालक दिप्ती शाही र राष्ट्रिय सहकारी महासंघका संचालक माधवप्रसाद जोशी समेत रहेका थिए । कार्यक्रममा जिल्ला सहकारी संघका संचालक सुरेन्द्र बडुवाल, सिएम सि कैलालीका अध्यक्ष लालबहादुर भण्डारीलगायत सुदुरपश्चिम प्रदेशका सहाकारीका अभियन्ताहरुको सहभागिता थियो ।
५२ जिल्लाका २ सय संस्थामा मिरा इआरपी
नियोसिस टेक्नोलोजीको सहकारीकालागि निर्मित ‘मिरा इआरपी’ ५२ जिल्लाका २ सय संस्थामा सेवा विस्तार भएको छ यसै अवसरमा कम्पनिले एक कार्यक्रम गरी सेवा विस्तारको जानकारी गराएको हो । ‘मिरा इआरपी’ सहकारीहरुको लागि निर्मित ISO 27001:2013 Certified प्राप्त SaaS प्लेटफर्म हो । सहकारीहरु बीच साझा डिजिटल प्लेटफर्म निर्माण गर्ने उद्देश्यका साथ तयार गरिएको मिरा इआरपी सफ्टवेयरलाई नियोसिस टेक्नोलोजीले न्यूनतम वार्षिक शुल्कमा उपलब्ध गराउँदै आएको जनाएको छ ।
कम्पनीले सहकारीलाई निशूल्क सफ्टवेयर जडान, माइग्रेसन, सपोर्ट, तालिम, क्लाउड डाटा ब्याकअप, मोबाइल बैंकिङ एप्लीकेसन, इबैंकिंङ, एसएमएस बैंकिङ बजार प्रतिनिधिहरुले प्रयोग गर्ने एप्लीकेसन आदि उपलब्ध गराईरहेको जनाएको छ। मिरा इआरपी निमार्ण कम्पनी नियोसिस टेक्नोलोजीमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) र रारा डिजिटल ल्याब्स प्रालिको संयुक्त लगानी रहेको जनाइएको छ।
Leave a comment