काठमाडौं । अन्तरर्राष्ट्रिय सहकारी महासंघ (आइसीए) ले सन् अन्तरर्राष्ट्रिय सहकारी दिवस–२०२३ ला लागि दिगो विकासका लागि सहकारी नारा तय गरेको छ । जुलाई १ तारिख अर्थात असार १६ गते अन्तर्राष्ट्रिय सहकारी दिवस परेको छ ।
सहकारी मूल्य र सिद्धान्तहरुबाट प्ररित हुदै सहकारीहरुले दिगो विकास लक्ष्य हासिल गर्नका लागि काम गर्नेछन् भन्ने कुरालाई यसले अझ पुष्टि गर्ने आइसीएले जनाएको छ । यसैगरी दिगो विकास लक्ष्यको उपलब्धी र यसमा सहकारीहरुको योगदानलाई देखाउने अवसर भएको पनि आइसीएले जनाएको छ ।
आइसीएले विश्वभरका सहकारीहरुलाई अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउन र सहकार्यको सस्कृतीको शक्ति देखाउन आग्रह गरेको छ ।
यो १०१ औं अन्तरर्राष्ट्रिय सहकारी दिवस र संयुक्त राष्ट्रसंघबाट मान्यताप्राप्त २९ औं दिवस रहेको आइसीएले जनाएको छ ।
Leave a comment