हाइलाइट

काम गरेरै सदस्यको मन जित्न सफल लाभान्वित सहकारी

काम गरेरै सदस्यको मन जित्न सफल लाभान्वित सहकारी :: Sahakari Akhabar

चीना थापा विराटनगर । २०६८ साल जेठ ३० गते तत्कालिन सहकारी डिभिजन कार्यालयमा सहकारी दर्ता हुँदा कतिपयले भन्ने गरेका थिए यि कलिला केटाहरुले कसरी सहकारी चलाउँछन् । केही अग्रजको सहयोगमा धेरै २१ / २२ बर्षका युवाहरु मिलेर सहकारी दर्ता गरे । अनि सञ्चालक समिति पनि युवाहरु कै बन्यो ।

तत्कालिन तथा संस्थापक सहकारीका अध्यक्ष बनेका निराजन कुमार साह जीवन विकास समाजमा काम गर्थे । उनकै नेतृत्वमा सहकारी सञ्चालन हुन थाल्यो । विराटनगर महानगरपालिकाको वडा नं. १५ मा रहेको सहकारीको नेतृत्व १० बर्षसम्म निराजनले नै गरे ।

उनले सहकारीको नेतृत्व गरेको १० बर्षको अवधिमा त्यो क्षेत्रका धेरै सहकारीमा समस्या आयो । तर, उनले सहकारीको विश्वानियतामा कमि आउन दिएनन् । समस्या आएका सहकारीमा के कारणले समस्या आएको हो भनेर उनी निहाल्थे । धेरै सहकारीमा समस्या आउनुको मुख्य कारण भनेको जग्गामा लगानी तथा भौतिक संरचनामा लगानी नै थियो ।

यी कुरामा लाभान्वित सहकारीका सञ्चालकहरु सचेत थिए । अध्यक्ष निराजनले पनि सदस्यको पैसा सदस्यलाई नै दिनुपर्छ भन्ने मान्यता राख्थे । त्यस कारणले पनि उनले अरुले भन्दा पनि जग्गामा लगानी गर्न दिएनन् । र, सहकारीलाई नियमसंगत चलाउनुपर्छ भनेर अठोट गरिरहे ।

अहिले दुई बर्षदेखि सहकारीको नेतृत्व प्रमोद कुमार साहले गरिरहेका छन् । उनी पेशाले शिक्षक हुन । एक निजि विद्यालयको प्रेन्सिपल भएर काम गरिरहेका साहले स्नातकोत्तर गरेका छन् । उनलाई पनि सहकारी कसरी उत्कृष्ट बनाउने भन्ने चिन्ता छ ।

अहिले सहकारी स्थापना भएको १२ बर्ष पुरा भईसकेको छ । ‘२१ / २२ बर्षको हुँदा दर्ता भएको सहकारीले आम मानिसको विश्वास त जितिसकेको छ’, उनले विगत सम्झदै भने, ‘धेरै मानिसहरुले भन्थे, यीनीहरुले कसरी सहकारी चलाउलान, संस्थापक अध्यक्ष वितिय क्षेत्रमा नै काम गरेको भएकाले उहाँले आफ्नो कार्यकालमा नै सहकारीलाई उचाईमा पुर्याउनुभयो । उहाँले माथि पुर्याउनुभएको उचाईलाई खस्कन नदिने कोशिस म गरिरहेको छु’ ।

कोरोनाको समयमा गरेको कामले सदस्यता वृद्धि

नेपाल लगायत विश्वभर फैलिएको कोरोना महामारीमा सबै कुरा ठप्प थियो । अर्थतन्त्र तहसनहस भएको थियो । सबैको कमाउने बाटो बन्द भएको थियो । विहान काम गरेर साझ छाक टार्नेहरुलाई निकै समस्या थियो । उनीहरुलाई मात्र होईन महामारीको समयमा हुनेखानेलाई पनि समस्या थियो ।

लाभान्वित सहकारीले कोरोनाको समयमा सबै डराएर घरबाहिर निस्कन नसकेको अवस्थामा पनि सेवा प्रवाहमा कमी आउन दिएन । एक दिन पनि कार्यालय बन्द भएन । कार्यालय आउन सक्नेले कार्यालयबाट सेवा लिए भने नसक्नेहरुलाई घरमा नै पुर्याउने व्यवस्था सहकारीले गरेको थियो ।

आफ्ना सदस्यहरुलाई हेल्थी फुड भनेर केही खानेकुरा र सेनीटाईजर लगायत औषधीहरुको प्याकेज बनाएर वितरण गरेको थियो । सहकारीका व्यवस्थापक सम कुमार साहको अनुसार  ‘सदस्यहरुको लागि मात्र हैन् अन्य आम मानिसहरु जसलाई सहयोग आवश्यक छ उनीहरुलाई पनि सहकारीले सहयोग गरेको थियो ।

सहकारीका शेयर सदस्यलाई महामारीको समयमा ५ हजार सहकारीले तत्काल उपलब्ध गराउने व्यवस्था गरेको थियो । आफ्नो बचत झिक्न चाहनेहरुलाई पनि सहकारीले तत्काल उपलब्ध गराएको व्यवस्थापक साहले बताए । ‘आवश्यक पर्दा काम लाग्छ भनेर बचत गरेको हुन्छ, त्यसमा पनि त्यस्तो अवस्थामा हामीले आवश्यक अन्य सहयोग गर्ने योजना पनि बनाएर अघि बढेका थियौं’।

उनले भने, ‘हामी जे गर्दा पनि योजना बनाएर गछौं, सहकारीको निति नियम भित्र बसेर गछौं, बचत झिक्न चाहनेलाई तत्काल दिएका थियौं, या ऋण लिन चाहनेलाई पनि हामीले तत्काल दिने व्यवस्था गरेका थियौं, कत्तिलाई त हामीले घरमा नै पुर्याईदिएका थियौं’ । कोरोना महामारीमा सहकारीले गरेको काम देखेर नै कोरोनापछि धेरै सदस्य वृद्धि भएको व्यवस्थापक साहले बताए । सहकारीले गरेको कामले गर्दा सहकारीप्रति विश्वासनियता बढेको छ ।

विराटनगरको दक्षिणि क्षेत्र डुबान हुने क्षेत्र पनि हो । बर्षातको समयमा डुवान हुने गर्दछ । सहकारीले डुबानको समयमा पनि राहत प्याकेज वितरण गर्ने गरेको छ भने वास्तविक पिडित पहिंचाहन गरि ५ हजारसम्मको खाद्यान्न सामाग्रीसँगै नगद पनि सहयोग गर्ने गरेको छ ।

सहकारीले आपतकालिन राहतकोष नै निर्माण गरेको छ । जसबाट डुबानमा पुर्ण क्षेति भएका तथा आंशिक क्षेत्र भएका सदस्यलाई प्रकृति हेरर सहयोग गर्ने गरेको छ भने मृत्यु भएमा  सदस्य स्वयमा भए १५ हजार र सदस्यको परिवार भए १० हजार नगद सहयोग गर्ने गरेको सहकारीले जनाएको छ ।

सहकारीले औषधी उपचार खर्च पनि दिने गरेको छ । सामाजिक उत्तरदायित्व सम्झेर सहकारीले गरेको कामले गर्दा नै कसैलाई पनि सदस्य बन्नुस भन्नु परेको छैन । आफै सहकारीमा आएर सदस्य बन्छु भन्नेलाई सहकारी शिक्षा तालिम दिएर सदस्य बनाउने काम गरेको छ । अहिले सहकारीमा २५ सय ८६ जना शेयर सदस्य रहेका छन् ।

बढी हल्ला चलेको समयमा सहकारीले बचत फिर्ता लिन आउने तथा समय सकिएका खाता बन्द गर्न आउनेलाई छिटो छरितो सेवा दिने गरेको छ । सहकारीमा दैनिक बचतकर्ता बुझ्न आउने गरेका छन्, उनीहरलाई सहकारीले बास्तविकता बुझाएर पठाउने गरेको छ । हरेक महिनाको अन्तिममा पासबुक चेक गर्ने गरेकाले पनि सहकारीप्रति विश्वास बढेको छ।

१८ करोडको कारोबार

२९ जना युवाहरुको सहभागितामा ६ लाख ८० हजार शेयरपुँजी सुरुवात भएको लाभान्वित बचत तथा ऋण सहकारीले २०८९ पौष मशान्तसम्ममा १८ करोडको कारोबार गरेको छ । सहकारीको शयरपुँजी १ करोड १५ लाख ४९ हजार ८ सय रहेको छ भने बचत १३ करोड ५ लाख ८३ हजार ९२२ रुपैया २७ पैसा रहेको छ । जगेडा कोषमा ३९ लाख ८५ रुपैया ९४ पैसा रहेको छ ।

सहकारीले १५ करोड ९९ हजार ८९७ रुपैया १५ पैसा ऋण लगानी गरेको छ । सहकारीको कुल संस्थागत पुँजी १ करोड ५९ लाख ८२ हजार ५७५ रुपैया ६७ पैसा रहेको छ । सहकारीको विभिन्न कोषहरको जम्मा रकम १ करोड ४६ लाख ३१ हजार ३७० रपेया ०९ पैसा रहेको छ भने कुल सम्पति ६२ लाख ४० हजार ७७७ रुपैया ४९ पैसा रहेको छ ।

सहकारीको तरलता रकम १ करोड ६३ लाख ९७ हजार ४५ रुपैया ६९ पैसा रहेको छ । १२.५६ प्रतिशत तरलता सहकारीको रहेको छ । सहकारीमा २३ जना कर्मचारी रहेका छन् ।  विराटनगर महानगरपालिकाको १२,१३,१४,१५,१६,१७,१८, जहदा गाउँपालिकाको १,२ र वर्जु गाउँपालिकाको ३ वडा कार्य क्षेत्र रहेको छ ।

सहकारीले आर्थिक बर्ष २०७८ / ७९ मा कार्यक्षेत्र विस्तार गरेको थियो । विराटनगर महानगरपालिकाको १२,१३,१४, जहदा गाउँपालिका २ र वर्जु गाउँपालिका ३ पछि थप भएका क्षेत्र हुन । सहकारीले जहादा गाउँपालिका १ मा सेवा केन्द्र विस्तार गरेर सेवा दिने योजना सहकारीको छ । सहकारी प्रदेश रजिष्टार कार्यालयबाट  सेवा केन्द्र खोल्ने स्वकृति पाईसकेको सहकारीका अध्यक्ष प्रमोद कुमार साहले बताए ।

पछिल्ला घटनाक्रमले नियमसंगत चलेका सहकारीहरु पनि त्रसित

पछिल्लो समयमा सहकारीमा देखिएका समस्याका कारण नियमसंगत चलेका सहकारीहर पनि त्रसित भएका छन् । त्यसबाट लाभान्वित सहकारी पनि अछुतो छैन् । तर सहकारीले त्यसलाई राम्ररी व्यवस्थापन गरिरहेको अध्यक्ष साहले बताए ।

बढी हल्ला चलेको समयमा सहकारीले बचत फिर्ता लिन आउने तथा समय सकिएका खाता बन्द गर्न आउनेलाई छिटो छरितो सेवा दिने गरेको छ । सहकारीमा दैनिक बचतकर्ता बुझ्न आउने गरेका छन्, उनीहरलाई सहकारीले बास्तविकता बुझाएर पठाउने गरेको छ । हरेक महिनाको अन्तिममा पासबुक चेक गर्ने गरेकाले पनि सहकारीप्रति विश्वास बढेको छ ।

राम्रो सेवा दिन सक्यो भने सदस्य आफै बढ्छन् भन्ने बुझाई राखेको सहकारीले सदस्यको सेवामा कुनै कसर बाँकी राख्ने गरेको छैन् । अरु सहकारीमा यति उति व्याज दिन्छन् भनेर आउने सदस्यलाई उतै जानुस भनेर पठाउने गरेको छ । त्यसरी गएका धेरै सदस्य आफ्नो पैसा डुबेपछि फेरी लाभान्वितमा आएर सदस्य बनेका पनि छन् ।



Leave a comment