काठमाडौं । कोभिड–१९ को महामारी तथा रुस तथा युक्रेन युद्धका कारण देखिएको आर्थिक मन्दीको प्रभाव सहकारीहरुको कारोबारमा पनि परेको छ । अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसीए) ले प्रकाशित गरेको विश्व कोअपरेटिभ मनिटरले सन् २०२० मा विश्वका शिर्ष ३ सय वटा सहकारीहरुको संयुक्त कारोबार २.१७ ट्रिलियन डलरमा सिमित भएको सार्वजनिक गरेको छ । सन् २०१९ मा यी सहकारीहरुको संयुक्त कारोबार २.१८ ट्रिलियन डलर रहेको थियो ।
सबैभन्दा बढि कारोबार गर्नेमा फ्रान्सको ग्रुप क्रेडिट एग्रीकोलको कारोबार ८८. ९७ बिलियन डलर रहेको छ । जर्मनीको खुद्रा विक्रेताहरुको समूह आरइडब्लुइ ग्रुपको कारोबार ७७.९३ बिलियन डलर, जर्मनीको सहकारी वित्तीय नेटवर्क बिभीआरको ५८.०२ बिलियन डलर र नेशनल फेडेरेशन अफ एग्रिकल्चर कोअपरेटिभ एसोसिएसन जापानको ५७.६९ बिलियन डलर रहेको छ । उत्कृष्ट ३ सयको सूचीमा भारतका दुई सहकारीहरु इफ्को र अमुल रहेका छन् ।
आइसीएले कारोबार र रोजगारीका आधारमा प्रत्येक वर्ष उत्कृष्ट ३ सय सहकारीहरुको सूचीसहित वल्र्ड कोअपरेटिभ मनिटर सार्वजनिक गर्दै आएको छ । सन् २०२० को कारोबारका आधारमा कोअपरेटिभ मनिटर २०२२ सार्वजनिक गरेको हो ।
Leave a comment