हाइलाइट

प्रदेश सरकारले कृषि औजार कारखाना स्थापना गर्ने : मन्त्री हुमागाई

प्रदेश सरकारले कृषि औजार कारखाना स्थापना गर्ने : मन्त्री हुमागाई :: Sahakari Akhabar

काभ्रे / बागमती प्रदेशका कृषि तथा पशुपंक्षी विकास मन्त्री बशुन्धरा हुमागाईले प्रदेश सरकारले २ लाख मेट्रिक टन रासायनिक मल उत्पादन गर्ने गरी कारखाना स्थापनाको संभाब्यता अध्यन गरिएको बताएका छन् ।

उनले  कृषि औजार कारखाना स्थापनाको प्रकिया अधि बढेको समेत बताए । बनेपामा रहेको पिपुल्स बचत तथा ऋण सहकारी संस्थाको १६ औँ वार्षिक साधारणसभालाई शनिबार सम्बोधन गर्दै मन्त्री हुमागाइले वास्तविक सहकारीले राम्रो काम गरेर समाजलाई पुर्याएको योगदानको प्रशंसा समेत गरे ।

संस्थाका अध्यक्ष निरन शाक्यको अध्यक्षता भएको कार्यक्रममा संस्थाको बार्षिक प्रतिबेदन सचिब देवेन्द्र श्रेष्ठले, आर्थिक प्रतिबेदन कोषाध्यक्ष सन्तोष कुमार धिमिरेले र लेखा प्रतिबेदन संयोजक रजिव श्रेष्ठले प्रस्तुत गरेका थिए । संस्थाको आर्थिक वर्ष २०७८ / ०७९ को कुल वासलात ३१ करोड ५५ हजार, शेयर पुजी २ करोड ८० लाख, क्रण लगानी २५ करोड ४६ लाख र शेयर सदस्य ५ हजार ९ सय ५२ जना रहेका छन ।

कार्यक्रममा बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्य, बनेपा नगरपालिकाका वडा नं। ८ का वडा अध्यक्ष शुभलक्ष्मी मानन्धर, जिल्ला सहकारी संघका अध्यक्ष दिलिप शर्मा, काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लि।का अध्यक्ष जितेन्द्र नकर्मी, सहकारीकर्मी साधुराम दाहाल, पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना लगायतले सहकारीका बारेमा आ आफ्ना धारणा राखेका थिए ।



Leave a comment