विराटनगर । कानेपोखरी ७ स्थित बगरगाँछीमा रहेको मातृभुमि कृषि सहकारी संस्थाले ८ जना शेयर सदस्यलाई सम्मान गरेको छ । सहकारीले बार्षिक साधारण सभामाको अवसरमा उनीहरुलाई सम्मान गरेको हो । संस्थालाई अगाडि बढाउन सहयोग गर्दै भन्दै सदस्यहरुलाई सम्मान गरेको सहकारीले जनाएको छ ।
सम्मानित हुनेहरुमा नियमित बचत तर्फ धनकुमारी तामाङ र झुना श्रेष्ठ, ऐच्छिक बचततर्फ सुनिता गुरु, ऋणमा काशीनाथ बराल, कृषकमा गंगाप्रसाद गौतम, दुग्ध कारोबारमा उत्कृष्ट गंगा देवी फुँयाल, जेष्ठ सदस्यमा खड्ग प्रसाद खड्का र बाल बचतमा उत्कृष्ट सुजन न्यौपाने रहेका छन् ।
सहकारीका अध्यक्ष हिमप्रसाद तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीको बार्षिक प्रतिवेदन अध्यक्ष तिम्सिनाले प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष कुवेरप्रसाद दाहालले प्रस्तुत गरेका थिए ।सहकारीमा ७०३ जना शेयर सदस्य रहेका छन् ।
Leave a comment