विराटनगर । मोरङको पथरी शनिश्चरेमा रहेको शनिश्चरे बचत तथा ऋण सहकारी संस्था २२ औं बर्षमा प्रवेश गरेको छ । सहकारीले शनिबार २१ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष एकराज निरौलाको अध्यक्षतामा भएको साधारण सभामा अध्यक्ष निरौंलाले बार्षिक प्रतिवेदन र कोषाध्यक्ष थानेश्वर भट्टराईले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रस्तुत आर्थिक प्रतिवेदन अनुसार सहकारीको शेयर पुँजी ७० लाख ६४ हजार रुपैयाँ, बचत ४ करोड ५९ लाख ५८ हजार, जगेडा तथा अन्य कोष हिसाब ६१ लाख ४९ हजार र ऋण लगानी ४ करोड ९१ लाख ८ हजार रहेको छ ।
साधारणसभाको अवसरमा उत्कृष्ट बचतकर्ता राजेन्द्र प्रसाद भण्डारी र लिलामाया श्रेष्ठ, उत्कृष्ट बाल बचतकर्ता भावना राई, रोशीना श्रेष्ठ, केन्जल मगर र मौसम राईलाई सम्मानित गरेको छ ।
सहकारीले कक्षा १२ को परिक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई पनि सम्मान गरेको छ । सहकारीका शेयर सदस्यका छोराछोरी मध्य उत्कृष्ट हुनेलाई सम्मान गरिएको हो । सम्मानित हुनेमा उपास न्यौपाने र दिक्षा बस्नेत रहेका छन् । उनीहरुलाई नगद १ हजार सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
त्यसैगरी सहकारीले साधारण सभाको अवसरमा उत्कृष्ट कर्मचारीका रुपमा इन्द्र बहादुर खड्कालाई सम्मान गरेको छ ।
साधारण सभाले नयाँ नेतृत्व पनि चयन गरेको छ । खगेन्द्र प्रसाद दाहालको अध्यक्षतामा सर्वसहमत नेतृत्व चयन गरेको हो । जसको उपाध्यक्ष (खुल्ला)मा दिपेन्द्र पाण्डे, सचिवमा थानेश्वर भट्टराई, सह सचिवमा पवित्रा ओडारी, कोषाध्यक्षमा महेन्द्र वहादुर कार्की , सदस्य (खुल्ला)मा विष्णु अधिकारी, टेकवहादुर थापा, ज्ञानेन्द्र दाहाल, वसन्त तामाङ, सदस्य (महिला) मा मञ्जु फुयल उप्रेती, विन्दा भट्टराई न्यौपाने, विन्दा गौतम् पौडेल रहेका छन् । त्यसैगरी लेखा संयोजकमा मावहादुर गुरुङ र सदस्यहरुमा भवनाथ पोख्रेल र अमृता तामाङ रहेका छन् ।
Leave a comment