हाइलाइट

गोग्राह साकोसको अध्यक्षमा पुनः बस्नेत

गोग्राह साकोसको अध्यक्षमा पुनः बस्नेत :: Sahakari Akhabar

विराटनगर । विराटनगरमा रहेको गोग्राहा वचत तथा ऋृण सहकारीको सहकारीको अध्यक्षमा पुनः मनोज कुमार बस्नेत सर्वसहमत चयन भएका छन् । शनिबार सम्पन्न १२ औ वार्षिक साधारणसभाले सर्वसहमत रुपमा नयाँ नेतृत्व चयन गरेको हो ।

त्यस्तै उपाध्यक्षमा हिरा निरौला, सचिवमा अञ्जना श्रेष्ठ र कोषाध्यक्षमा संजिव कुमार  अधिकारी रहेका छन् । त्यसैगरी सदस्यहरुमा क्रमश : वेणु पौडेल, वम प्रसाद आचार्य, नरेन्द्र भट्टराई, विजेन्द्र कर्ण,  कृष्ण गौतम चयन भएका छन् ।

२ जना महिला सदस्यमा भने निर्वाचन भएको थियो । निर्वाचनबाट महिला सदस्यमा कल्पना घिमिरे र उमा घिमिरे निर्वाचित भएका छन् । 

त्यस्तै लेखा समिति संयोजकमा सोमराज पौडेल चयन भएका छन् भने सदस्यहरुमा राजकुमार दास र प्रदिप न्यौपाने रहेका छन् । ऋण उपसमितिको सदस्यमा समिर निरौला र विनोद श्रेष्ठ चयन भएका छन् । 

साधारणसभामा प्रस्तुत आर्थिक प्रतिवेदन अनुसार सहकारीको शेयरपुँजी २ करोड ३३ लाख ४२ हजार रुपैयाँ,  निक्षेप ६ करोड ६६ लाख ३६ हजार र ऋण लगानी ७ करोड ४८ लाख २० हजार पुगेको छ । सभामा उत्कृष्ट बचतकर्ता तर्फ जीवन बस्नेत र एलिशा मगर र उत्कृष्ट कर्जा तर्फ मोहम्मद आरिफ इराकी, दीपेन्द्र कार्की र अनन्त निरौलालाई सम्मान गरिएको थियो । 


 



Leave a comment