हाइलाइट

शुभकामना साकोसले १५ प्रतिशत लाभांश दिने

शुभकामना साकोसले १५ प्रतिशत लाभांश दिने :: Sahakari Akhabar

भक्तपुर । शुभकामना बचत तथा ऋण सहकारी संस्थाको २२औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले सदस्यलाई १५ प्रतिशत शेयर लाभांश बितरण प्रस्ताव पास गरेको छ।

सभामा संस्थाका सचिव पुष्पलाल तिमिलाले प्रस्तुत गरेको आर्थिक वर्ष ०७८/ ०७९ को कार्यक्रम तथा आगामी बर्षको नीति तथा कार्यक्रम पारित गरेको हो । साथै कोषाध्यक्ष बलराम जु श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन तथा आगामी बर्षको अनुमानित बजेट समेत पारित गरेको छ ।

संस्थाका सल्लाहकार जेष्ठ सदस्य बेलभक्त कोजूको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष रामप्रसाद कासुलाको सभापतित्व र राष्ट्रिय सहकारी बैकका अध्यक्ष के.बि.उप्रेतिको विषेश आतिथ्यतामा सभा सम्पन्न भएको हो ।

सभामा  संस्थाले उत्कृष्ट बचतकर्ता, असल ऋणी, कक्षा ८, एस.ई.ई. र १२ कक्षा उतिर्ण बाल बचतकर्ता तथा जेष्ठ सदस्यहरुलाई सम्मान र पुरस्कृत गरेको थियो ।

सभामा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून) का संचालक जनक खत्री, जिल्ला सहकारी संघ भक्तपुरका अध्यक्ष केदार खड्का तथा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका लेखा समिति संयोजक बालमुुकुन्द उपाध्यायले शुभकामना मन्तव्य राखेका थिए । सभामा उपाध्यक्ष एवं साधारण सभा तयारी समितिका संयोजक निर्मला सुवालले स्वागत गरेकी थिइन ।


 



Leave a comment