हाइलाइट

सहकारीको अनुगमनमा खाम बोकेर हिड्ने बिकृती : मन्त्री ढकाल

सहकारीको अनुगमनमा खाम बोकेर हिड्ने बिकृती : मन्त्री ढकाल :: Sahakari Akhabar

काठमाडौं । बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालले सहकारीको अनुगमनमा खाम बोकेर हिड्ने विकृती रहेको बताएका छन् । सहकारीलाई ब्यवस्थित गर्न नियमन प्रभावकारी बनाउन आवश्यक रहेपनि राज्यले नियमन गर्न नसकेको उनको स्विकार गरे । 

‘सहकारीको अनुगमन नगर्ने, अनुगमन गर्न जाँदा खाम बोकेर हिड्ने प्रवृति पनि देखियो’ सिम्बोलिक बचत तथा ऋण सहकारी संस्थाको ११ औं वार्षिक साधारणसभाका अवसरमा बोल्दै  मन्त्री ढकालले भने, ‘त्यो गलत प्रवृत्तीले सहकारीको नियमन प्रभावकारी हुन सकेन ।’ सहकारी ट्रयाक भन्दा बाहिर जान थालेको भन्दै उनले विकृति नियन्त्रण गर्न सरकारले विशेष जोड दिनुपर्ने आवश्यक्ता औल्याए ।

सहकारीमार्फत देशलाई आत्मनिर्भर बनाउन सकिने सम्भावना भएपनि सरकारसँग उचित दृष्टिकोण नभएको मन्त्री ढकालले बताए । समाजवादतर्फ जान सहकारी आधार हुने भन्दै उनले सहकारी, निजी र सार्वजनिक क्षेत्र मिलेर मात्रै समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्न सकिने बताए । 

सहकारीले सदस्यको जीवनस्तर उकास्न सक्नुपर्ने मन्त्री ढकाललको भनाइ छ । ‘सहकारीमा जानाजान सञ्चालक आफैले समस्या निम्त्ताएका छन्’, ‘उनले भने, ‘सञ्चालकलाई फाइदा पुग्ने हिसाबले काम गर्दा संस्था धराशायी भएका छन् ।’ 

मन्त्री ढकालले सहकारीमैत्री ऐन, नियम बनाउनुपर्नेमा समेत जोड दिदै सम्वृद्ध नेपाल, आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न, राष्ट्रिय पुँजी निर्माण गरेर अघि बढ्न सहकारीले लिड गर्न सक्ने बताए ।

 

सिम्बोलिक सहकारीका अध्यक्ष जयराम गिरीले संस्थाको गत आर्थिक वर्षसम्ममा संस्थाको सेयर पुँजी २ करोड २७ लाख रुपैयाँ पुगेको जानकारी दिए ।  १ हजार ३ सय ७९ सदस्य रहेको संस्थाले गत आवसम्ममा ७ करोड ८० लाख कर्जा लगानी गरेको साधारणसभामा जानकारी दिइयो । 

कार्यक्रममा जेष्ठ सदस्य तथा उत्कृष्ट बचतकर्ता उत्कृष्ट ऋणी, बाल बचतकर्ता र कर्मचारीलाई सम्मान गरिएको थियो ।  सभामा संस्थाका सदस्य तथा लोक गायकले सांगीतिक प्रस्तुतीसमेत पस्केका थिए । सभामा काठमाडौ महानगरपालिका सहकारी शाखाकी अधिकृत लिलादेवि अर्याललगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम संस्थाका कोषाध्यक्ष हरीराम गिरीले संचालन गरेका थिए ।



Leave a comment