काठमाडौं । नेचुरल बचत तथा ऋण सहकारी संस्थाले आफ्नै भवन निर्माण गरेको छ । शनिबार काठमाडौं महानगरपालिका–७, टुसाल स्थित संस्थाको ७ तले कर्पोरेट कार्यालयको बागमती प्रदेश सांसद माननीय प्रभात तामाङले उद्घाटन गरे ।
यसैगरी संस्थाको १४ औं वार्षिक साधारण सभा समेत शनिबार नै सम्पन्न भएको छ । साधारणसभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन पारित गरेको छ । साधारण सभाले गत आर्थिक वर्षको नाफाबाट सदस्यहरुलाई १५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव समेत पारित गरेको छ ।
गत आर्थिक वर्षमा १३ प्रतिशत लाभांश वितरण गरेको संस्थाले यस वर्ष १५ प्रतिशत दिन सफल भएको संस्थाका प्रमुख कार्यकारी विकल्प पाठकले जानकारी दिए ।
संस्थाका अध्यक्ष शर्मिला आमात्यको सभापतित्व सम्पन्न साधारणसभामा बागमती प्रदेशका सांसद प्रभात तामाङ, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेल, गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाललगायतको उपस्थिति रहेको थियो।
१० हजार सदस्य रहेको संस्थाको सेयर पुँजी ३० करोड र कारोबार १० अर्व पुगेको साधारणसभा जानकारी दिइयो ।
Leave a comment