मोरङ । झोराहाटमा रहेको रेमिट बचत तथा ऋण सहकारी संस्थाले जोखिममा अधारित साकोस सुपरिवेक्षण कार्यक्रम संचालन गरेको छ। नेफ्स्कून र जिल्ला बचत संघ मोरङ को प्राविधिक सहयोगमा संचालित कार्यक्रम मोरङ दोश्रो क्लस्टरको चौथो कार्यकुसलता तथा सिकाइ कार्यशाला भाद्र २५ गते शनिबार समापन भएको हो ।
कार्यक्रममा मोरङ जिल्लाका १३ वटा सहकारी संस्थाहरुको सहभागीता रहेको थियो । कार्यक्रममा गत अर्थिक बर्ष २०७८र७९ को वासलतलाइ पल्स रिपोर्ट बनाइ प्रस्तुतीकरण गरिएको थियो ।
नेफ्स्कूनका रामकृष्ण भट्टराई र जिल्ला बचत संघ मोरङका रामकुमार दहालले सहजीकरण गरेका थिए । कार्यक्रममा विभिन्न स्थानीय निकायका जनप्रतिनिधी, नेफ्स्कून तथा जिल्ला बचत संघ मोरङका पदाधिकारीहरुको उपस्थिती रहेको संस्थाका ब्यवस्थापक रमेश पौडेलले जानकारी दिए ।
Leave a comment