भक्तपुर । सामूहिक बचत तथा ऋण सहकारी संस्थाको २४ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । भदौ २४ गते शुक्रबार थापा पार्टी प्यालेस सूर्यविनायकमा सम्पन्न सभामा संस्थाका अध्यक्ष धनेशराज राजोपाध्यायको सभापतित्व तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कून) का अध्यक्ष परितोष पौड्यालको प्रमुख आतिथ्यता रहेको थियो ।
सभामा उत्कृष्ट बचतकर्ता रामहरि श्रेष्ठ, असल ऋणी किशोर तखाछें र उत्कृष्ट कर्मचारी गितागलजुलाई पुरस्कार प्रदान गरिएको छ । सभामा संस्थाका अध्यक्ष राजोपाध्यायले संस्थाको आफ्नै भवन निमांण सम्पन्न भएको जानकारी दिए ।
उनले असोजमा संस्थाको २५औं वार्षिक उत्सव पश्चात संस्थाको भवनबाट कारोबार गर्ने तयारी भइरहेको बताए । संस्थाले हालै मात्र उत्कृष्ट सहकारी ब्यवसाय पुरस्कार २०७८ को छनोटमा परेको पनि जानकारी दिए ।
साथै संस्थाका ब्यवस्थापक ६५औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा उत्कृष्ट ब्यवस्थापक पुरस्कार २०७८ पाएको जानकारी गराए । उनले संस्थामा धेरै सवलपक्षहरु भएकोले सदस्यले ढुक्क भई बचत तथा कारोबार गर्न अनुरोध गरे ।
सभामा भक्तपुर जिल्ला सहकारी संघ, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ, भक्तपुर नगरपालिका ३ नं वडा अध्यक्षको आतिथ्यता रहेको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष राजाभाइ भेलेले स्वागत तथा संस्थाका कर्मचारी विन्द्रानायभा र सचिव कृष्णहरि सैँजुले कार्यक्रम संचालन गरेका थिए ।
Leave a comment