चितवन । भरतपुर महानगरपालिका–३ स्थित सगुन बचत तथा ऋण सहकारी संस्थाको साधारणसभा असोज ८ गते हुने भएको छ । संस्थाको भदौ ८ गते बसेको संचालक समितिको निर्णय अनुसार साधारणसभा बोलाइएको हो ।
साधारणसभामा आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन पारित गर्ने, विभिन्न कार्यविधि अनुमोदन गर्ने, शेयर लाभांस र संरक्षित पुँजी फिर्ता कोष वितरण गर्ने र रिक्त रहेको सचिव तथा लेखा समिति सदस्य पदको निर्वाचनको कार्यक्रम रहेको छ ।
यसैगरी साधारणसभाले एकीकरणका सम्बन्धमा समेत निर्णय गर्ने संस्थाद्धारा प्रकाशित सूचनामा उल्लेख छ ।

Leave a comment