हाइलाइट

सहकारीकर्मी उप्रेतीको निधन 

सहकारीकर्मी उप्रेतीको निधन  :: Sahakari Akhabar

काठमाडौं । सडक दुर्घटनामा घाइते भएका सहकारीकर्मी शान्त बहादुर उप्रेतीकोको बुधबार विहान निधन भएको छ । दुई दिन अघि सडक दुर्घटनामा परी घाइते भएका उप्रेतीको उपचारका क्रममा सुमेरु अस्पताल धापाखेलमा निधन भएको पारिवारीक स्रोतले जानकारी दिएको छ । 

कागेश्वरी मनोहरास्थित जनएकता बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रहेका उप्रेती काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संघ कागेश्वरी मनोहरा नगर समन्वय समितिका संयोजक समेत हुन् । उनी राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीका सहोदर दाई हुन् । 

काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संघ, राष्ट्रिय सहकारी बैंकलगायत सहकारी संघसंस्था तथा सहकारीकर्मीहरुले मृतक उप्रेतीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । 
 



Leave a comment