चीना थापा, विराटनगर । मोरङको कटहरी गाउँपालिका ३ का महेश कामतले चार विघा जग्गामा धान रोपेका छन् । अर्काको जग्गा भाडामा लिएर धान रोपेका उनले अझै मल हाल्न पाएका छैनन् । उनी श्री रानाधनपाल बहुउदेश्यीय सहकारी संस्थाका सदस्य पनि हुन ।
शनिबार विहान ६ बजेदेखि लाईनमा बसेका उनले ११ बजेसम्म मल पाउन सकेनन् । सहकारीले मल वितरण गर्ने भन्ने सुनेर मल लिन आएका उनी निकै आक्रोशित देखिन्थे । सहकारीले पहिला जग्गाको लालपुर्जा तथा मालपोतको रसिदको आधारमा मल वितरण गर्ने गरेको थियो । तर अहिले नागरिकता देखाएर मल लिन सकिने व्यवस्था गरेको छ ।
‘खेति नै नहुनेले मल लगिसके, हामी विहान देखि आएर लाईनमा बसेको ५ घण्टामा पनि मल पाउन सकेनौं’ कामतले भने, ‘सहकारीले मान्छे छानेर मल दिने गरेको छ, जसले गर्दा खेति गर्नेले पाउँदैनन्, खेति नगर्नेले लगिरहेका छन् ।’
सहकारीको लापरर्वाहीका कारण वास्तविक किसानले मल नपाएको गुनासे कटहरी ३ का हरिलाल पासवानको छ । खेति नहुनेहरु आएर मल लाने र महंगोमा किसानलाई बेच्ने गरेको उनले बताए । ‘नागरिकता देखाएर मल लान पाउने भएपछि खेति नभएपनि मल लाने र महंगोमा किसानलाई बेच्छन्’, उनले भने, ‘एउटै परिवारका तीन चार जनालाई सहकारीले मल दिन्छ, तर हामीलाई दिदैन ।’
साँढे ८ सयमा सहकारीबाट किनेर १२ सयमा बेच्ने गरेको कमल कामतको भनाई छ । ‘जसको एक धुर जग्गा छैन, विहान नै चार बोरा लिएर गईसक्यो’, उनले भने, ‘हामी ६ बजेदेखि लाईन बस्दा पनि १२ बजेसम्म मल पाएका छैनौं । जग्गा नहुँनेले लगेर बेचीपनि सके । जताबाट पनि किसान नै मर्ने र विचौलिया मोटाउने रहेछन् ।’
लालपुर्जाको आधारमा वितरण गर्ने गरिएको भएपनि सहकारीका अध्यक्षले नागरिकताकै आधारमा वितरण गर्ने भनेपछि नागरिकताको आधारमा मल वितरण गरिएको उनले बताए । ‘नागरिकताको आधारमा वितरण गर्दा समस्या हुने रहेछ भनेर अध्यक्षले पनि स्विकारी सक्नुभएको छ’, उनले भने, ‘यस पटक २ सय बोरा युरिया मल आएको हो, त्यसमध्ये १० बोरा शेयर सदस्यलाई राख्ने गरेका छौं, र बाँकी किसानहरुलाई बाड्ने छौं।’
समयमा युरिया मल हाल्न नपाउँदा उत्पादन पनि घटिरहेको उनले बताए । गत बर्ष पनि समयमा धानमा युरिया हाल्न नपाउँदा उत्पादन घटेको र यो बर्ष पनि त्यस्तै अवस्था आएको उनको गुनासो छ । सहकारीले मनोमानी तरिकाले मल वितरण गरेको उनको आरोप छ ।
सहकारीका कर्मचारी अभितनारायण राजवंशी पनि मल वितरणमा केही क्रुटि भएको बताउँछन् । ५ विघा हुनेले नी एक बोरा युरिया पाएको र एक कट्ठा हुनेले पनि एक बोरा नै पाएको अवस्थामा धेरै खेती हुने किसानलाई मार्का परेको उनको भनाई छ ।
लालपुर्जाको आधारमा वितरण गर्ने गरिएको भएपनि सहकारीका अध्यक्षले नागरिकताकै आधारमा वितरण गर्ने भनेपछि नागरिकताको आधारमा मल वितरण गरिएको उनले बताए । ‘नागरिकताको आधारमा वितरण गर्दा समस्या हुने रहेछ भनेर अध्यक्षले पनि स्विकारी सक्नुभएको छ’, उनले भने, ‘यस पटक २ सय बोरा युरिया मल आएको हो, त्यसमध्ये १० बोरा शेयर सदस्यलाई राख्ने गरेका छौं, र बाँकी किसानहरुलाई बाड्ने छौं।’
अध्यक्षले नागरिकताको आधारमा दिने भनेपछि एउटै घरका चार जनाले पनि लगेको उनले बताए । ‘नदिदा पनि मेरो नागरिकता छ, किन नदिएको भनेर थर्काउने पनि गरेका छन’, उनले भने, ‘एउटै घरका चार जनाले पनि लगेपछि घरको एक जना जना मुख्य मान्छेलाई दिने भनिएको भएपनि को हो, मुख्य मान्छे को छोराछोरी छुट्याउन नसकेपछि सबैलाई दिइएइको छ ।’
सहकारीहरुले पनि मल विक्री वितरणमा मनोमानी गर्दा किसानहरुले भने दुःख पाएका छन् । सहकारीका अध्यक्षले जे भन्यो त्यसैको आधारमा कर्मचारीले विक्री वितरण गर्दा वास्तविक किसानले पाएनन् भन्ने थाहा हुँदा हुँदै पनि कर्मचारीहरु चुप लागेर बस्नुपरेको अवस्था छ । किसानलाई सजिलो हुने उदेश्यले कृषि तथा बहुउदेश्यीय सहकारीहरुलाई सरकारले मल विक्री वितरण गर्न दिएको भएपनि किसानहरुले भने झन शास्ती खेप्नुपरेको अवस्था छ ।
Leave a comment