हाइलाइट

शुभश्रीले सुरु गर्याे मोबाइल बैंकिङ 

शुभश्रीले सुरु गर्याे मोबाइल बैंकिङ  :: Sahakari Akhabar

काठमाडौं । शुभश्री बचत तथा सहकारी संस्थाले मोबाइल बंैकिङ सेवा सुरु  गरेको छ । एम बैंकसँग सहकार्य गरी मोबाईल बैंकिङ सेवा सुरु गरिएको हो ।

सदस्यलाई अत्याधुनिक मोबाइल बैंकिङ सेवामार्फत सहज, सरल र सुरक्षित भुक्तानीका लागि मोबाइल  बैंकिङ  सुरु गरिएको संस्थाका अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठले बताए । सदस्यको आवश्यकता र चाहाना स्वरुप प्रविधिमैत्री सेवा दिन लागिएको उनको भनाइ छ ।

सदस्यले घरबाटै शुभश्री सहकारीको मोबाइल बैंकिङ सेवा प्रयोग गरी पानी, बिजुली, डिस होम, इन्टरनेट, हवाई टिकट, मोवाइल रिचार्ज, सहकारीबाट बैकमा तथा बैकबाट सहकारीमा पैसा ट्रान्सफर, स्टेटमेन्ट, खातामा रकम ट्रान्सफर, वालेट लोड, अनलाइन रेमिट्यान्स सेवा लिन सकिने अध्यक्ष श्रेष्ठले बताए ।  

सो अवसरमा नेफ्स्कुनका व्यवसाय प्रमुख दुर्गा प्रसाद ढकालले सदस्यलाई सहकारी शिक्षा सम्बन्धी तालिम  दिएका थिए । आफूले कमाएको केहि रकम भविष्यको लागि बचत गर्नु पर्ने भन्दै उनले बचत छुट्टाएर मात्रै खर्च गर्नुपर्ने बताए । 

एम बैकका सिइओ विष्णु महर्जनले मोबाइल बैंकिङ प्रयोग गर्ने तरिका  र यसको प्रयोगबाट हुने फाइदाकाबारेमा जानकारी गराए । 
 



Leave a comment