हाइलाइट

स्याङ्जाका दुई सहकारीलाई सहकारी बैंकको व्यवसाय पुरस्कार    

स्याङ्जाका दुई सहकारीलाई सहकारी बैंकको व्यवसाय पुरस्कार     :: Sahakari Akhabar

बागलुङ । राष्ट्रिय सहकारी बैंक वालिङ शाखाले स्याङ्जाका दुईवटा सहकारी संस्थालाई बैंकको व्यवसाय पुरस्कार प्रदान गरेको छ ।

आर्थिक वर्ष २०७७/०७८ मा बैंकमा नियमित कारोबार गर्ने र उत्कृष्ट कारोबार गर्ने एक÷एक वटा सहकारी संस्थालाई पुरस्कृत गरिएको हो। उत्कृष्ट कारोबार विधामा गाउँवेशी बचत तथा ऋण सहकारी संस्था र नियमित विधामा मितेरी बचत तथा ऋण सहकारी संस्थालाई पुरस्कृत गरिएको हो ।

बैंकको १८ औं वार्षिक साधारणसभामा घोषणा गरिएका विभिन्न विधाका पुरस्कार मध्ये शाखा स्तरीय पुरस्कार शाखाले आयोजना गरेको कार्यक्रम मार्फत वितरण गरिएको हो ।

जिल्ला सहकारी संघ स्याङ्जाका अध्यक्ष लक्ष्मीपति पौडेलले सहकारीलाई सहकारीकै मर्म र भावना अनुसार सञ्चालन गर्न सकेमा हाल देखिएका समस्या स्वत समाधान भएर जाने बताए ।

जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष रविन्द्र श्रेष्ठले सहकारी संस्था सञ्चालन गर्न विद्यमान ऐन कानुनको प्रभावकारी कार्यान्वयनलाई ध्यान दिनु पर्नेमा जोड दिए ।

जिल्ला कृषि सहकारी संघका अध्यक्ष टिकाराम रेग्मीले सहकारी क्षेत्रमा रहेको पूँजीलाई कृषि क्षेत्रमा परिचालनका लागि योजना, कार्यक्रम र तत्परता आवश्यक रहेको बताए ।

बैंकका सञ्चालक रामबहादुर जिसीले बैंकको विगत, वर्तमान र आगामी योजनाका बारेमा सहजीकरण गर्दै सहकारी संघ संस्थाको वित्तीय व्यवस्थापन, संस्थागत विकास, प्रविधिमैत्री सेवा र बहस तथा पैरवीका लागि सहकारी बैंक सदैव तयार रहेको बताए ।



Leave a comment