हाइलाइट

बाबियाखर्क साकोसद्धारा जनप्रतिनिधिलाई सम्मान

बाबियाखर्क साकोसद्धारा जनप्रतिनिधिलाई सम्मान :: Sahakari Akhabar

काठमाडौं । बाबियाखर्क वचत तथा ऋण सहकारी संस्थाले स्थानीय जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । संस्थाले गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ बाट निर्वाचित जनप्रतिनिधिहरुलाई जेठ २१ गते शनिबार सम्मान गरेको हो ।

संस्थाले वडा अध्यक्ष नबराज लामा तथा वडा सदस्यहरु प्रेम खड्का, बसन्ती नगरकोटी, बच्चुराम शर्मा कुईकेल, मन्जु पुडासैनीलाई  एक कार्यक्रम गरि सम्मान गरेको हो ।

कार्यक्रममा वडा अध्यक्ष लामाले सहकारी संस्थाहरुले ऋण लगानी गर्दा विषेश ध्यान दिनुपर्ने बताए । उनले सदस्यहरुलाई बित्तिय साक्षरता लगायत सामाजिक सेवाका कार्यक्रम पनि गर्नुपर्ने बताए ।

उनले सहकारी बिकासमा नगरपालिका र वडा कार्यालय सकारात्मक रहेको बताए । बाबियाखर्क साकोसका अध्यक्ष ऋषिराज घिमिरेले स्थानिय निकायले सहकारी संस्थाको अनुगमन र एकिकरणमा  ध्यानदिनुपर्ने बताए ।
 



Leave a comment