भक्तपुर । दधिकोटमा रहेको दक्षिण बाराही महिला बचत तथा ऋण सहकारी संस्थाका सदस्यले रक्तदान गरेका छन् । संस्थाले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ३८ जनाले रक्तदान गरेका हुन् ।
संस्थाको वार्षिक कार्यक्रम अन्तर्गत जेठ २१ गते खुल्ला रक्तदान कार्यक्रम गरेको थियो । श्री शिव तथा सरस्वती मन्दिर, माता सरस्वती युथ क्लब र बालकोट रेडक्रसको सहयोगमा आयोजना गरिएको रक्तदान कार्यक्रमको संस्थाको स्वास्थ्य उप समितिको संयोजक पार्वती घिमिरेले गरेकी थिइन् ।
संस्थाले यस अघि सदस्यको निशुल्क स्वास्थ्य परिक्षण गराएको छ । संस्थाको स्वास्थ्य उपसमितिका संयोजक पार्वती घिमिरे भण्डारीको संयोजकत्वमा स्त्रीरोग परीक्षण कार्यक्रम सम्पन्न गरेको हो ।
जेठ १४ गरेको भक्तपुर क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा १७७ जना सदस्यहरूको स्वास्थ्य परीक्षण गरिएको संस्थाकी ब्यवस्थापक दिपा क्षेत्रीले जानकारी दिइन् ।

Leave a comment