हाइलाइट

सहकारी सुशासन तालिम सम्पन्न

सहकारी सुशासन तालिम सम्पन्न :: Sahakari Akhabar

सिन्धुपाल्चोक । जिल्लाको लिसंखु र वाफलमा सहकारीमा सुशासन तथा नीतिनियम सम्बन्धी तालिम सम्पन्न भएको छ । अत्तरपुर कृषि सहकारी, युनाईटेड बहुउद्देश्यीय सहकारी र ह्रिस्यागो कृषि सहकारीको आयोजनामा संचालित तीनदिने तालिम जेठ १७ गते सम्पन्न भएको हो।

जैबिक बिधिता अनुसन्धान तथा बिकास का लागि स्थानिय पहल ली–बर्ड र सहकारीहरुको साझेदारीमा सम्पन्न् तालिमलाई लिसंखुपाखर गाँउपलिकामा सञ्चालित कृषि मूल्य उपज श्रृङखला बिकास परियोजनाको आर्थिक सहयोगरहेको थियो ।

३ वटा सहकारीको २१ महिला र २७ पुरुष सहभागी रहेका तालिममा ली–बर्डका बरिष्ठ मूल्य श्रृङखला प्राबिधिक उद्धब कार्कीले संयोजन गरेको लालिम प्रशिक्षक यज्ञप्रसाद चौलागाईले गरेका थिए । तालिममा सहकारी सम्बन्धित बर्तमान ऐन, नियम कानुन र संस्थाको बिनियम, आन्तारिक कार्यबिधीका बिषय माथी छलफल र सहजीकरण गरिएको थियो ।

त्यसैगरी सहकारीलाई आवश्यक पर्ने ब्याबसायिक योजना आर्थिक प्रशासन नियमावली कर्मचारी प्रशासन नियमावली, बचत नीति , ऋण नीति, बजार नीतिको बारेमा प्रशिक्षण गरिएको थियो । यसैगरी नीती तथा कार्यबिधी उपर छलफल र सहकारीको बाह्य सांगठानिक ढाँचा तथा आन्तरिक सांगठानिक ढाँचा, सहकारीको पृष्ठभूमी सहकारी सिद्धान्त र मुल्य मान्यता जस्ता महत्वपुर्ण बिषय माथी छलफल गरिएको थियो ।
 



Leave a comment