हाइलाइट

साहित्य सिर्जना सहकारी समिति 

साहित्य सिर्जना सहकारी समिति  :: Sahakari Akhabar

सिक्किम । भारतको सिक्किम राज्यमा २००६ (को नोवेम्बर ११) मा गठन भएको ‘साहित्य सिर्जना सहकारी समिति’ एक सहकारी साहित्यिक संस्था हो ।

साहित्यलाई सहकारी आन्दोलनसित जोड्नका लागि यसको स्थापना भएको हो । यसको स्थापनामा सिक्किमका युवा साहित्यकारहरूको भूमिका महत्वपूर्ण रहेको छ ।

विशेष गरी पारसमणि शम, प्रवीण राई जुमेली, अमर बानियाँ लोहोरो, टीपी भट्टाराई, कृष्णा कृति, टीबीचन्द्र सुब्बा, रुद्र पौड्याल आदिको विशेष भूमिका छ ।

यस सहकारी संस्थाको आफ्नो वेभ साइट वेभ ( http://www.tistarangit.com/ ) पनि छ, जो भारतीय नेपाली साहित्यको पहिलो अनलाईन साहित्यिक पत्रिका हो ।

यो पत्रिका दुइ भाषामा सञ्चालित छ । यस संस्थाका संस्थापक अध्यक्ष पारसमणि शम, महासचिव प्रवीण राई जुमेली रहेका छन्।, यो संस्था अहिले प्रारम्भिक अवस्थामा छ । श्रोत : wikipedia.org



Leave a comment