चीना थापा, विराटनगर । समृद्ध नेपाल कृषि सहकारी संस्थामा सदस्य मोरङ बेलबारीका राजकुमार श्रेष्ठले २०७२ सालमा व्यवसायीक अलैची खेती सुरु गरे । १४ रोपनी जग्गाबाट खेती सुरु गरेका श्रेष्ठको कामप्रति संस्थाका अन्य सदस्यहरु पनि विस्तारै आकर्षित हुन थाले ।
त्यसपछि श्रेष्ठकै आइडिया अनुसार सहकारीका २५० जना सदस्यमार्फत २१ सय रोपनीमा विस्तार गरियो भने उत्पादित अलैचीलाई सहकारीमार्फत संकलन, प्रशोधन र बजारीकरणको कार्यक्रम समेत सुरु भयो । श्रेष्ठको अग्रसरतामा सुरु भएको अलैची खेतीको व्यवसायीकरण गर्ने आइडिया नै ‘एग्रि विजनेस इन्क्युबेसन कार्यक्रम’मा छनोट हुन सफल भएको छ ।
नेपाल कृषि बजार विकास कार्यक्रम (एनएमडीपी) को दोस्रो चरणको कार्यक्रम ‘एग्रि विजनेस इन्क्युबेसन कार्यक्रम’ मा कृषि व्यवसायमा आधारित ८ वटा आईडिया छनौटमा परेका छन् । जसमा शखाबुङ्ग डेरी उद्योग, समृद्ध नेपाल कृषि सहकारी, नमुना कृषि, रितिरिवाज आइसक्रिम, कुमारी फूड्स , ग्रीन प्लानेट मिसन, पाकशाला परेका छन् ।
एनएएमडीपी दोस्रो चरणको कार्यक्रम अन्तर्गत नयाँ सोच भएका युवा व्यवसायीहरुका लागि आवेदन खुल्ला गरेको थियो । २०२१ को सेप्टेम्बर १३ देखि अक्टोबर १२ सम्म आवेदन खुलाईएको थियो । आवेदन खुलेको समयमा श्रेष्ठले पनि आफ्नो नयाँ व्यवसायिक आईडिया सहित निवेदन पेश गरे । उनी जस्तै उक्त कार्यक्रममा ८० जनाको आवेदन परेको थियो ।
आवेदन फारम भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश १, पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन संकाय र मोरङ व्यापार संघमा बुझाउन सकिने व्यवस्था गरिएको थियो । विशेष गरी मकै, अलैची, डेरी र तरकारीहरु गरी चार क्षेत्रहरुको व्यवसायिक आईडिया माग गरिएको थियो ।
श्रेष्ठले पनि आफ्नो आईडिया प्रस्तुत गरे । ८० जनाबाट प्रतिस्पर्धा गरेर नी उत्कृष्ट ८ मा पर्न सफल भए । कृषिजन्य बस्तुको व्यापार, उत्पादित बस्तुका मूल्य, प्रशोधनको लागी प्लेटफर्म प्रदान गर्ने लगायतका काममा आयोजकले सहजीकरण गरेको थियो ।
कार्यक्रमको अन्तिम चरणको रुपमा बिराटनगरमा डेमो डे को आयोजना गरिएको थियो । एग्रि विजनेस इन्क्युबेसन प्रोग्राममार्फत सहभागीहरुले आफ्नो व्यवसायिक आईडियाबाट एउटा मूर्त प्रोटोटाइप, व्यवसायिक रणनीति बनाएर मार्केट रेडी कमर्शियल प्रोडक्टको रुपमा आफूलाई विकास गर्न लक्ष्यले अगाडी बढाएका छन् ।
कार्यक्रममा छनौट भईसकेपछि श्रेष्ठले प्याकेजीङ, बजार व्यवस्थापन लगायतको विषयमा जानकारी पाएको बताए । अब लगानीकर्ता भेटिएर व्यवसायलाई अझै ठूलो रुपमा लैजान सके फाईदा हुने उनको भनाई छ । उनले विराटनगरमा आयोजना गरेको डेमो डे मा आफ्नो आईडिया, व्यवसायबाट हुने फाईदाहरु निर्धक्क राखे ।
प्रदेश १ का कृषि उद्यमीहिरुमा उद्यमशिलताका सिप र सोचाईहरुको विकास गर्ने लक्ष्यका साथ सञ्चालन गरिएको एग्रि विजनेस इन्क्युबेसन कार्यक्रम मार्फत छनौट भएका ८ आईडियाहरुले व्यवसाय वृद्धि विकास तथा विस्तारीकरणका लागि विजनेस इन्क्युबेसन, मेन्टरसिप, प्रशिक्षण, नेटवर्किङ, बजार पहुँच, एग्रि विजनेस सम्बन्धि विज्ञहरुको सेसन तथा इन्भेस्टमेन्ट प्लेटफर्महरुको अवसर पाएका थिए ।
कार्यक्रमको अन्तिम चरणको रुपमा बिराटनगरमा डेमो डे को आयोजना गरिएको थियो । एग्रि विजनेस इन्क्युबेसन प्रोग्राममार्फत सहभागीहरुले आफ्नो व्यवसायिक आईडियाबाट एउटा मूर्त प्रोटोटाइप, व्यवसायिक रणनीति बनाएर मार्केट रेडी कमर्शियल प्रोडक्टको रुपमा आफूलाई विकास गर्न लक्ष्यले अगाडी बढाएका छन् ।
विकास तथा सहकार्यका लागि सहज द्वारा सुरु गरिएको परियोजना, आइडिया स्टुडियो नेपाल, कृषि मन्त्रालय प्रदेश १, पूर्वाञ्चल विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट र मोरङ व्यापार संगठनको सहकार्यमा सुरु भएको यस कार्यक्रम आफैमा पृथक कार्यक्रम हो । यस कार्यक्रमले प्रदेश नम्बर १ मा उद्यमशिलताको सिप र सोचाईको विकास गर्दै स्थानीय संघसंस्थाहरुको उद्यमशिलताको क्षमतालाई समेत बढाउने उदेश्य लिएको छ ।
Leave a comment