हाइलाइट

कारवाही भोग्न तयार छौं : खेम पाठक

कारवाही भोग्न तयार छौं : खेम पाठक :: Sahakari Akhabar

काठमाडौं । कृषि केन्द्रीय सहकारी संघका अध्यक्ष एमव् राष्ट्रिय सहकारी महासंघका सञ्चालक खेम पाठकले कोपोमिसमा आबद्ध नभए बापत कारवाही भोग्न तयार रहेको बताए । नेपाल सहकारी पत्रकार समाज(सिजेएन) र सहकारी विभागको संयुक्त आयोजनामा भएको ‘कोपोमिस अभिलेखीकरण अभिवृद्धि’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पाठकले तोकिएको समयमा कोपोमिसमा आवद्ध नभए कारबाही भोग्न तयार रहेको बताए ।

‘समन्वय गरेर कोपोमिस कार्यान्वयन गर्नतर्फ लागौं’ उनले भने,‘यसो हुँदा प्रभावकारीढंगले सहकारीलाई समावेश गर्न सकिन्छ ।’ छाता संगठनबीच समन्वय र समीक्षा गर्दै गएमा कोपोमिस कार्यान्वयन हुन धेरै समय नलाग्ने उनले बताए ।

कोपोमिसले पद्धति र सिष्टममा हिँडाउन मद्धत पुग्ने भएकाले संघका प्रमुखहरुलाई बोलाएर किन प्रविष्ट नगरेको भनेर सोध्ने र गाठो फुकाउने काम विभागले गर्नुपर्छ’ उनले भने । धेरै सहकारीले विभिन्न खाले सफ्टवेयर राखेपनि कोपोमिस नजोडिएकाले जोड्न आवश्यक भएको बताए । ‘कोपोमिस कार्यान्वयन नगरी नहुने, गरेपछि सहकारी सुद्धिकरण हुन्छ’ उनले भने । 
 



Leave a comment