हाइलाइट

दुई सहकारी बिच सहकार्य

दुई सहकारी बिच सहकार्य :: Sahakari Akhabar

काठमाडौ । काठमाडौको सीतापाइला बहुउद्देश्यीय सहकारी र ललितपुरको सिकाली बहुउद्देश्यीय सहकारी संस्था बिच सेवा बिस्तारकोलागि सम्झौता भएको छ । ललितपुरको सिकाली बहुउद्देश्यीय सहकारीले उत्पादन गरेको शुद्ध तोरिको तेलको बजार बिस्तारकालागि सीतापाइला सहकारीसंग सम्झौता भएको हो ।

सिकाली सहकारीले उत्पादन गरेको गुणस्तरिय शुद्ध तोरीको तेल चन्द्रागिरी नगरपालिका र नागार्जुन नगरपालिका भित्रको बजारीकरणको व्यवस्थापन गर्न सीतापाईला बहुउद्देश्यीय सहकारी संस्थालाई जिम्मा दिएको हो । उक्त संस्थाबाट उत्पादित तोरिको तेल सीतापाईला सहकारीका सदस्यका साथै अन्य मानिसले पनि सहकारीको सेवा केन्द्रहरुमा संपर्क राखि लिन सकिने जनाइएको छ । 



Leave a comment