हाइलाइट

दुग्ध सहकारीलाई अनुदान

दुग्ध सहकारीलाई अनुदान :: Sahakari Akhabar

बाग्लुङ । गण्डकी प्रदेश सहकारीमार्फत दूध उत्पादक किसानलाई अनुदान दिएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले गत वर्षदेखि प्रोत्साहनस्वरुप अनुदान दिइरहेको छ । ८ सहकारीमार्फत किसानलाई अनुदान दिइरहेको केन्द्रले जनाएको छ ।

दैनिक २ सय लिटर दूधको बजारीकरण गरेकालाई अनुदान दिइने भएको छ  । केन्द्रका पशु अधिकृत केशव शर्माले गत वर्ष दूधमा अनुदान दिनका लागि ४१ लाख बजेट विनियोजन गरेमा १८ लाखमात्रै अनुदान भुक्तानी भएको बताए ।

असारसम्म भुक्तानी गर्नेगरी १८ लाख बजेट विनियोजन गरिएको केन्द्रले जनाएको छ । चार–चार महिनामै भुक्तानी दिन सकिन्छ । दैनिक २ सय लिटरभन्दा बढी दूधको कारोबार गर्ने बागलुङमा आठ मात्रै सहकारी छन् । जिल्लाका १० पालिकामध्ये बागलुङ र जैमिनी नगरपालिका र काठेखोला गाउँपालिकाका किसानले मात्रै अनुदान पाइरहेका छन् ।

काठेखोलाको चार, बागलुङ र जैमिनी नगरपालिकाका दुई ÷दुई सहकारी मार्फत उत्पादित दूधमा अनुदान दिइएको दिइएको हो । बागलुङ पशु स्रोत विकास फार्म तथा दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष दीपक गौतमले अनुदानबाट पशुपालक किसानलाई प्रत्यक्ष फाइदा पुगेको बताए । अनुदानले कृषकलाई उत्पादनमा लाग्न प्रेरणा मिलेको छ ।



Leave a comment