काठमाडौं । महाप्रभु बचत तथा ऋण सहकारी संस्थाका पूर्व अध्यक्ष जेल चलान भएका छन् । धरौटी बुझाउन नसकेपछि रकम हिनामिना प्रकरणमा किरण भण्डारी र रुकमाङ्गद ज्ञवाली जेल चलान भएका हुन् ।
अदालतले उनीहरुलाई ५०/५० लाख रकम धरौटी मागेको थियो । पैसा बुझाउन नसकेपछि उनीहरु जेल चलान भएका हुन् । धरौटी बुझाउन नसकेपछि अदालतले पुर्पक्षका लागि जिल्ला कारागार पठाउन आदेश दिएको हो ।
अदालतले संस्थाका कोषाध्यक्ष रामकृष्ण पौडेललाई २५ लाख रुपैयाँ धरौटी मागेकोमा उनी तोकिएको रकम बुझाएर तारेखमा रिहा भएका छन् । गत साउनमै प्रतिवादीमध्ये राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी अदालतले मागेको साढे दुई लाख रुपैयाँ धरौटी बुझाएर तारेखमा रिहा भएका थिए ।
राप्ती गाउँपालिका ८ मा सोही सहकारीका शिवध्वज मल्लसहितका शेयर सदस्यले पाँच करोड २७ लाख २६ हजार ६ सय ९२ रुपैयाँ हिनामिना गरेका भन्दै २५ जनालाई प्रतिवादी बनाएर अदालतमा गएको असारमा जाहेरी दिएका थिए ।
रकम हिनामिना प्रकरणमा अदालतले यसअघि २० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । मुद्दाको अन्तिम फैसला हुन बाँकी नै छ। भण्डारी महाप्रभु बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष हुन् ।
एकीकरण अघि महाप्रभुका १ हजार ४ सय सदस्य थिए । महाप्रभु, हरियाली, जनजीविका र बिहानी सहकारी एकीकरण भई देउखुरी बचत तथा ऋण सहकारी संस्था बनेको थियो ।
एकीकरण घोषणा पछि महाप्रभुको वासलात नमिलेपछि ५ करोड २७ लाख २६ हजार २ सय ९२ रुपैयाँ घोटाला भएको प्रकरण दाङ देउखुरी जिल्ला अदालतमा पुगेको थियो ।
देउखुरी सहकारीका अध्यक्ष शिव ध्वज मल्लले सकभर मिलापत्र गरेरै जाने योजनामा रहेपनि घोटला रकम फिर्ता नगरेपछि पूर्व अध्यक्षविरुद्ध अदालतमा उजुरी गरेका थिए ।
महाप्रभुमा समस्या आएपछि देउखुरी सहकारीकै भवनमा छुट्टै कोठामा महाप्रभु सञ्चालन भइरहेको छ । अध्यक्ष मल्लले महाप्रभुले एकीकरण गर्दा ११ करोडको हिसाब दिए पनि पछि १६ करोडको देखिन आएपछि अदालतमा मुद्दा हालेका थिए ।
यो पनि पढ्नुहोस
Leave a comment