नेफ्स्कूनका प्रशासकीय प्रमुख सञ्जय तिमिल्सेनाले महाप्रभुको केसले नयाँ टुईष्ट आएको ‘फरक रिस्क आएको छ’ उनले भने,‘नेफ्स्कून सजग भएको छ ।’ उनले २०७१ देखि नै थोरै थोरैबाट समस्या देखिँदै आएको बताए ।
काठमाडौं । नेफ्स्कूनले सञ्चालन गरेको पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम (प्रोबेशन) ब्रान्ड विवादित बन्दै गएको छ । पछिल्लो समय ब्रान्ड प्राप्त संस्थाहरू अनियमिततामा मुछिन थालेपछि सङ्घको उक्त कार्यक्रम नै विवादित बनेको छ ।
यसै क्रममा प्रोबेसन ब्रान्ड प्राप्त दाङको महा प्रभु साकोसको ५ करोड बढी घोटाला प्रकरण आएपछि नेफ्स्कूनको उक्त ब्रान्डप्रति शङ्का उब्जिएको हो ।
५ करोड २७ लाख घोटाला भएको महाप्रभु बचत तथा ऋण सहकारी संस्थालाई आर्थिक वर्ष २०७६ / २०७७ मा गरी लगातार दुई वर्ष नेफ्स्कूनले ब्रान्ड दिएको थियो । तर प्रोबेसन ब्रान्ड पाएको केही समयमा संस्थाको घोटाला प्रकरण बाहिर आएको छ ।
नेफ्स्कूनको निगरानीमा साकोसलाई नेपाल स्तरको ब्राण्डिङ पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम (प्रोबेशन) ब्रान्ड दिँदै आएको छ । आफैँले लेखा परीक्षक खटाएर संस्थाको लेखापरिक्षण पछि मात्रै नेफ्स्कूनले उक्त ब्रान्ड दिन्छ ।
संस्थालाई उक्त कार्यक्रममा सहभागी गराउन नेफ्स्कूनले संस्थाको निरन्तर लेखापरिक्षण समेत गरेको थियो । तर महाप्रभुको रकम हिनामिनाको समाचार बाहिरिएपछि नेफ्स्कूनको प्रोबेसन ब्रान्डमै प्रश्न चिन्ह खडा भएको छ ।
‘सिएबाटै अडिट भएको हो, फल्ड हत्तपत्त नदेखिएको थियो ।’ उनले भने । डिपोजिटबाट पैसा झिकिएको र सिस्टमबाट नझिकीएकाले पनि समस्या पत्ता लगाउन चुकेको उनले बताए ।
नीति, विधि र प्रविधिको वकालत गर्ने नेफ्स्कूनले गुणस्तरीयताको पहिचान स्थापित गर्न प्रोबेसन ब्रान्ड प्रदान गर्ने गरेको दाबी गरे पनि महाप्रभुको काण्डले प्रोबेसन ब्रान्डमै आशङ्का उब्जाएको छ ।
लेखा परीक्षणकै लागि नेफ्स्कूनले ५० हजार सम्म रकम संस्थाबाट लिन्छ । नेफ्स्कूनले ब्यालेन्स सिटको आधारमा प्रोबेसन ब्रान्डका लागि शुल्क लिने गर्छ ।
तर महाप्रभुको घोटाला काण्ड लुकाउन गैर कानुनी कारोबार भएको हुन सक्ने आशङ्का पनि उब्जाएको सहकारीकर्मीहरु बताउँछन् ।
ब्रान्डका लागि गैर कानुनी कारोबार नभएको पुस्ट्याइँ कसैले गर्न सके पनि नेफ्स्कूनको लेखा परीक्षणको वैधानिकता तथा क्षमतामा पनि प्रश्न उब्जिएको छ । महाप्रभुकै काण्डले नेफ्स्कूनको प्रोबेसन ब्रान्ड पारदर्शी नभएको पुष्टी गरेको छ ।
कार्यक्रममा सहभागी गराउन नेफ्स्कूनबाट प्रेम वाग्ले र सिए समेत रहेका दीपक अर्यालले महाप्रभु सहकारीको लेखा परीक्षण गरेका थिए ।
महाप्रभुसहित ४ वटा सहकारी मर्ज भएर ०७७ पुस २७ गते देउखुरी बचत तथा ऋण सहकारी संस्था बनेका छन् । तर देउखुरीले महाप्रभुलाई स्वीकारेको छैन ।
‘डेबिट क्रेडिट मिलेको छैन’ उनले भने, वासलात नमिलेपछि हामीले स्वीकार गर्ने कुरो भएन ।’ नेफ्स्कूनका सिएले पनि नभेट्नु दुःखद भएको उनको भनाइ छ । बचत, दायित्व नमिलेपछि खोज बिन गर्न अनेक प्रयास गर्दा पनि सफ्टवेयर कम्पनीले पनि सहयोग नगरेको देउखुरी सहकारीले जनाएको छ । ‘हिसाब अनुसार क्यास आउनुपर्यो, यदी क्यास आएन भने मर्ज सफल हुने कुरै भएन ।
नेफ्स्कूनद्धारा प्रोबेसन ब्रान्ड प्राप्त महाप्रभु बचत तथा ऋण सहकारी संस्थाले ढाँटेर मर्ज गरेको खुलेको छ । घोटाला काण्ड बाहिरिएपछि मर्ज प्रक्रिया भाँडिने स्थितिमा पुगेको छ ।
देउखुरी बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक उमेश चौधरीले मर्ज भइसकेको भए पनि कारोबार मिक्स नभएको बताए । ‘हिसाब नमिलेकाले मर्ज फाइनल भएको छैन ।’ उनले भने,‘ इन्गेजमेन्ट भयो तर दुलही भित्र्याउन जाँदा दुलहीमा भिन्न समस्या देखियो, त्यस कारण कारोबारमा अलग छ ।’
महाप्रभुको नाम खारेज भए पनि हिसाब नमिलीकन कारोबार एकीकृत गर्न नसकिने उनले बताए । हिसाब नमिलेकोले अहिले देउखुरी सहकारी भित्रै महाप्रभुको अलग्गै कोठामा कार्यालय राखिएको छ ।
‘डेबिट क्रेडिट मिलेको छैन’ उनले भने, वासलात नमिलेपछि हामीले स्वीकार गर्ने कुरो भएन ।’ नेफ्स्कूनका सिएले पनि नभेट्नु दुःखद भएको उनको भनाइ छ ।
बचत, दायित्व नमिलेपछि खोज बिन गर्न अनेक प्रयास गर्दा पनि सफ्टवेयर कम्पनीले पनि सहयोग नगरेको देउखुरी सहकारीले जनाएको छ । ‘हिसाब अनुसार क्यास आउनुपर्यो, यदी क्यास आएन भने मर्ज सफल हुने कुरै भएन ।’ उनले भने ।
पछिल्लो अध्ययन अनुसार किरण भण्डारी अध्यक्ष र नुमानन्द सुवेदी लेखा संयोजक हुँदा ७० लाख घोटाला भएको पाइएको छ । २०७१ देखि २०७४ सम्म अघिल्लो कार्यसमिति थियो ।
महाप्रभुको लेखा परीक्षण गरेका लेखा अधिकृत प्रेम वाग्ले भ्याएसम्म इन्डेफ्ट परीक्षण गर्ने गरेको बताए । ‘कुनै समय म गएँ, कुनै समय अरू गएर लेखा परीक्षण गर्नुभएको हो’ उनले भने ।
नेफ्स्कूनका प्रशासकीय प्रमुख सञ्जयराज तिमिल्सेनाले महाप्रभुको केसले नयाँ टुईष्ट आएको ‘फरक रिस्क आएको छ’ उनले भने,‘नेफ्स्कून सजग भएको छ ।’ उनले २०७१ देखि नै थोरै थोरैबाट समस्या देखिँदै आएको बताए ।
‘सिएबाटै अडिट भएको हो, फल्ड हत्तपत्त नदेखिएको थियो ।’ उनले भने । डिपोजिटबाट पैसा झिकिएको र सिस्टमबाट नझिकीएकाले पनि समस्या पत्ता लगाउन चुकेको उनले बताए ।
नेफ्स्कूनले विगत चार वर्षदेखि सञ्चालन गर्दै आएको प्रोबेसन ब्रान्ड प्रमाणीकरण कार्यक्रम बाट सङ्घीय सहकारी विभागले हात झिकेको छ ।
गत वर्ष देखिनै ब्रान्ड पाएका सहकारी संस्थाको गुणस्तरमा प्रश्न उठ्न थालेपछि विभागका तत्कालीन रजिस्टार डा. टोक राज पाण्डेले ब्रान्ड प्रमाणपत्रमा हस्ताक्षर गर्न अस्वीकार गरेका थिए ।
पछिल्लो समयमा ब्रान्डका लागि सहकारी संस्थाबिच अस्वस्थ प्रतिस्पर्धाका साथै आर्थिक चलखेल समेत हुने गरेको समाचार सार्वजनिक हुन थाले पछि विभाग उक्त कार्यक्रमबाट पछि हटेको हो ।
विभागले अस्वीकार गरेपछि यस वर्षबाट नेफ्स्कून आफैले मात्र प्रमाणीकरण गर्न थालेको हो । यस वर्ष दाङका महाप्रभु र हरियाली साकोस सहित ४० संस्थाहरूलाई नेफ्स्कूनले प्रमाणीकरण गरी प्रमाणपत्र प्रदान गरेको थियो । २०७७ पुस २३ मा महाप्रभु, हरियाली, जनजीविका र बिहानी सहकारी मर्ज भई देउखुरी बचत तथा ऋण सहकारी संस्था बनेको थियो ।
विभागका रजिस्टार डा. टोक राज पाण्डेले गत वर्ष नै प्रमाणीकरणमा हस्ताक्षर गर्न अस्वीकार गरे पनि सहकारी नेताहरूले दबाब दिएर हस्ताक्षर गराएको आरोप छ ।
प्रोवेसन कार्यक्रम अन्तर्गत नेफ्स्कूनले २०७४ देखि २०७७ साल सम्ममा तीन पटक संस्थाहरूलाई ब्रान्ड प्रदान गरेको छ । पहिलो वर्ष विभागले हस्ताक्षर नगरे पनि दोस्रो वर्षको ब्रान्डमा तत्कालीन रजिस्टार केशव प्रसाद रेग्मीले र २०७७ सालको ब्रान्डमा रजिस्ट्रार पाण्डेले हस्ताक्षर गरेका छन् ।
पछिल्लो समयमा ब्रान्डका लागि सहकारी संस्थाबिच अस्वस्थ प्रतिस्पर्धाका साथै आर्थिक चलखेल समेत हुने गरेको समाचार सार्वजनिक हुन थाले पछि विभाग उक्त कार्यक्रमबाट पछि हटेको हो ।
Leave a comment