हाइलाइट

सिइओ सापकोटाको दोस्रो कृति ‘सहकारीको नतिजामुखी नेतृत्व’ 

सिइओ सापकोटाको दोस्रो कृति ‘सहकारीको नतिजामुखी नेतृत्व’  :: Sahakari Akhabar

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का प्रमुख कार्यकारी अधिकृत (सिइओ) शिवजी सापकोटाको दोस्रो कृति ‘सहकारीको नतिजामुखी नेतृत्व’ प्रकाशित भएको छ । यो पुस्तक सहकारी संघसंस्थाका सञ्चालक समिति र लेखासुपरीवेक्षण समितिका लागि अति उपयोगी हुने अपेक्षा लेखक सापकोटाले गरेका छन् । पुस्तक यही जेठ १० गतेदेखि बजारमा आएको हो । सापकोटाको पहिलो कृति ‘सहकारीको नतिजामुखी व्यवस्थापन’ गत वर्ष प्रकाशित भएको थियो ।

पुस्तक सहकारी सञ्चालनको परिकल्पना र नीतिगत पक्षलाई लक्षित गरिएको छ । सहकारी क्षेत्रका सञ्चालक समिति र विशेष गरी नेतृत्व वर्गलाई लक्षित गरी सन्दर्भहरु र विधिहरु पुस्तकमा समावेश भएका छन् । २२ वर्षे सहकारी यात्रा (कार्यगत अनुभव) लाई समेटी कुशल नेतृत्व निर्माणका लागि र सहकारी सञ्चानका लागि पुस्तक मार्गदर्शक रहने लेखकको अपेक्षा छ ।

लेखक सापकोटोले पुस्तकमा सञ्चालक समितिको भूमिका, जवाफदेहीता, समितिको बैठक, रणनीतिक योजना, सफलताको योजना, सामाजिक प्रभावकारीता व्यवस्थापन, नीति निमार्ण प्रकृया, लेखासुपरीवेक्षण समितिका विषय उठान गरेका छन् । त्यसैगरी पुस्तकमा नेपालमा सहकारीका चुनौतीहरु, जोखिम न्यूनिकरणका लागि स्थिरीकरण कोषको विश्वव्यापी अवधारणा, ऋण लगानी व्यवस्थापन, गुणस्तर सुनिश्चितता र प्रतिक व्यवस्थापन, एकीकरणको महत्व, सदस्य शिक्षा लगायतका विषय उठान गरेका छन् । पाँच सय रुपैंया मूल्य रहेको पुस्तक, नेफ्स्कूनका केन्द्रिय कार्यालय वा फिल्ड कार्यालयमार्फत खरिद गर्न सकिने जनाइएको छ ।



Leave a comment