हाइलाइट

पाँचतारा साकोसको हजार हातमा, खुत्रुकेको साथमा आशिष थापालाई पनि

पाँचतारा साकोसको हजार हातमा, खुत्रुकेको साथमा आशिष थापालाई पनि :: Sahakari Akhabar

काठमाडौं । पेप्सीकोला काँडाघारीमा रहेको पाँचतारा बचत तथा ऋण सहकारीले  हजार हातमा, खुत्रुकेको साथमा अभियान अन्तर्गत संस्थाका सदस्य आशिष थापालाई पनि फागुन २७ गते जन्मिएकी बालिकाका नाममा एक हजार रुपैंया र खुत्रुके प्रदान गरेको छ ।

संस्थाले सदस्यको सन्तान जन्मिएको खसियालीमा यो अभियान चलाएको हो । सदस्यको घरमा नवजात शिशुको आगमनको खुसियालीमा यो अभियान सुरु गरे संस्थाकी प्रवन्धक राधा कडरियाले जानकारी दिइन् । उनले भनिन् संस्थाले नवजात शिशुको जन्ममा एक हजार रुपैंया खुत्रुक्केमा राखेर दिने चलन चलाएको हो । यस अभियान अन्तर्गत पहिलो पटक माघ ११ गते संस्थाका सदस्य यज्ञराज सुवेदीको सन्तानकालागि प्रदान गरिएको थियो । 
 



Leave a comment